९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

निजी क्षेत्रको सहयोगबिना देशको विकास हुँदैन: मन्त्री पाण्डे

निजी क्षेत्रको सहयोगबिना देशको विकास हुँदैन: मन्त्री पाण्डे
अ अ+ अ-

नवलपरासी। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्र अगाडि नबढी कुनै पनि देशको विकास नभएको बताउनुभएको छ ।

जिल्लाको गैँडाकोटमा आइएमई ग्रुपको होटल इलाको आज उद्घाटन गर्दै उहाँले सरकारको प्रयासले मात्रै कुनै पनि देशलाई अगाडि बढाउन, विकसित गर्न र समृद्धि हासिल गर्न नसकिने बताउनुभयो । “सरकारको पुँजी र प्रयासले मात्रै सम्पूर्ण कुरा सम्भव हुँदैन ।

पर्यटन क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार, होटल बनाउन सरकारले सक्दैन”, मन्त्री पाण्डेले भन्नुभयो,“निजी, सहकारी र सार्वजनिक क्षेत्रको सहकार्यमा देशको विकास गर्नुपर्छ भनेर संविधानमै तीनखम्बे अर्थनीतिलाई अङ्गिकार गरिएको छ । यसको पालना गरेर अगाडि बढौँ ।”

उहाँले हवाई सेवामा पनि निजी क्षेत्रको प्रवेश नभएको भए अहिलेको जस्तो विकासमा पुग्न नसकिने भन्दै निजी क्षेत्रले नै अवस्था सहज बनाएको बताउनुभयो । “यसै कारण हामीले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ । निजी क्षेत्रलाई ऐन, कानुन र नीतिमार्फत सहयोग पु¥याउन सरकारले सहजीकरण गर्ने हो । त्यसमा हामी तयार छौँ । लगानीमैत्री वातावरण बनाउन सम्पूर्ण सहयोग गर्न सरकार प्रतिबद्ध छ”, मन्त्री पाण्डेको भनाइ थियो ।

उहाँले संस्कृति जोगाउनु र पुरातत्व जोगाउनु सबैको दायित्व भएको भन्दै इतिहास जोगाउने र आधुनिक विकासको नयाँ ढोका खोल्ने काम सँगसँगै गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री पाण्डेले संस्कृति, पर्यटक, हवाई नीति समयसापेक्ष बनाउने विषयमा सरकारले तत्परता देखाएको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष एवं होटल सञ्चालक चन्द्रप्रसाद ढकालले आइएमई ग्रुप सातवटै प्रदेशमा पर्यटन पूर्वाधार बनाउने उद्देश्यका साथ केबलकार र रिसोर्टका योजना बनाएर अगाडि बढेको बताउनुभयो । उहाँले नेपालमा पर्यटनको अपार सम्भावना रहेको र त्यसको उजागर गर्न सकेमा पर्यटनमा ठूलो फड्को मार्दै यसैबाट रोजगारी सृजना गर्न सकिने धारणा राख्नुभयो ।

आइएमई ग्रुपले आजदेखि सञ्चालनमा ल्याएको इला होटल तथा रिसोर्टमा स्वीट तथा डिलक्ससहित ६५ वटा कोठा रहेका छन्् । होटलमा एक हजार जना क्षमताको ब्याङ्क्वेट तथा कन्फ्रेन्स हल, रेष्टुरेन्ट, स्वीमिङपुल, स्पा र जिमलगायत विभिन्न सुविधा उपलब्ध रहेको त्यस अवसरमा जानकारी दिइयो । रासस