३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

भारत र पाकिस्तानका सैनिक प्रमुखबीच वार्ता हुँदै

भारत र पाकिस्तानका सैनिक प्रमुखबीच वार्ता हुँदै
अ+ अ-

एजेन्सी । पहलगाम आक्रमणपछि युद्धकै अवस्थामा पुगेका भारत र पाकिस्तानबीच सोमवार वार्ता हुँदैछ ।

सोमवार मध्याह्न १२ बजे दुई देशका सैन्य उच्चाधिकारीसहित वार्ता तय भएको थियो । तर समय केही परिवर्तन गरी आज साँझ वार्ता हुने भएको छ । वार्ताको नेतृत्व भारतका सैन्य अपरेसन महानिर्देशक र पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले गर्नेछन् ।

यसअघि शनिवार भएको कुराकानीमा पाकिस्तानी सेन्य महानिर्देशकले शत्रुता बन्द गर्ने प्रश्ताव अघि सारेका थिए । यसपछि दुवै देशले शनिवार साँझदेखि सीमापार गोलीबारी तथा ड्रोन घुसपैठ नगर्ने सहमति गरेका थिए । तर उक्त सहमति गरेको केही घण्टामै पाकिस्तानले नियन्त्रण रेखा (एलओसी)मा गोलीबारी तथा हवाई घुसपैठ गरेको भारतको आरोप छ ।

भारतीय सेनाका लेफ्टिनेन्ट जनरल राजीव घईले आईतवार संयुक्त पत्रकार सम्मेलनमा भन्नुभयो, ‘पाकिस्तानी उल्लङ्घनको कडा जवाफ दिइएको छ । यदि यस्ता गतिविधि दोहोरिए भने अझ कडा कारबाही हुनेछ ।’

सम्झौता उल्लङ्घनबारे पाकिस्तानी सेनालाई हटलाइन सन्देशमार्फत जानकारी गराइएको उनको भनाइ छ । भारतले हालै जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको प्रतिकारस्वरूप मे ७ देखि ‘अपरेशन सिन्दूर’ सञ्चालन गरेको थियो ।

उक्त अपरेशन अन्तर्गत पाकिस्तान र पाकिस्तान–नियन्त्रित कश्मीरमा रहेका ९ वटा आतंकवादी केन्द्रहरूमा प्रहार गरिएको थियो । आक्रमणमा परि २६ जनाको मृत्यु भएको थियो ।