२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वमा बढ्दै गएको द्वन्द्व र हिंसालाई बुद्ध दर्शनले मात्रै रोक्न सक्छ: प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा बढ्दै गएको द्वन्द्व र हिंसालाई बुद्ध दर्शनले मात्रै रोक्न सक्ने बताउनु भएको छ ।

लुम्बिनीमा आज आयोजित २५६९ औँ बुद्धजयन्ती एवम् लुम्बिनी दिवस २०८२ मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिंसालाई हतियारले नभै बुद्ध दर्शनले मात्रै रोक्न सक्ने बताउनु भएको हो ।

उहाँले भन्नुभयो ‘विश्वमा अशान्ति बढिरहेका बेला बुद्ध दर्शन र शिक्षाको उपादेयता अझै बढेको छ । उहाँले भन्नुभयो ‘हाम्रो छिमेकी देश भारत र पाकिस्तान पनि युद्धमा जान खोजेका थिए, तर सबैको दबाबमा तत्कालका लागि फिर्ता भएका छन्, अझै पनि केही समस्या छन्, अन्य मुलुकमा पनि यस्ता समस्या छन्, बुद्धभूमिबाट विश्वमा शान्तिको कामना लागि हामीले अनुरोध गरेका छौँ। ’

प्रधानमन्त्री ओलीले बुद्ध शिक्षा र विचार, शान्ति करुणा र मैत्री भावलाई जीवित राख्न ठूलो संघर्ष भएको इतिहास सम्झाउँदै अब बुद्धको विचार अनुसारलाई विश्व शान्ति कायम गर्न आग्रह गर्दै उनले लुम्बिनी पवित्र भूमि मात्रै नभई बुद्ध दर्शनको उत्पत्तिको थलो भएको बताउनु भयो ।

 

प्रधानमन्त्री ओली पच्चीस सय ६९औँ बुद्धजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन लुम्बिनी पुग्नु हुदा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गर्नुभएको थियो ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । प्रधानमन्त्री ओली, लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसहित सङ्घीय सरकारका मन्त्रीहरू, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्रिपरिषद्का सदस्यहरू, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू सहभागी रहनु भएको थियो ।