२१ मंसिर २०८२, आईतवार
,
Latest
गृहमन्त्री अर्यालद्वारा निर्माणाधीन संसद् भवनको निरीक्षण संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे कर्णालीद्वारा जनकपुरसामु १३० रनको लक्ष्य प्रस्तुत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचारः ५५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर (पूर्णपाठ) सरकारले लोकप्रिय हुने नाममा अनुचित ढंगले खर्च कटौति गर्योः उपसभामुख राना कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने जेन–जी आन्दोलनका हिंसात्मक घटना इतिहासकै दुःखद्: पूर्वराष्ट्रपति भण्डारी घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनित
तपाईं के खोज्दै हुनुहुन्छ ?

हमासले अमेरिकी–इजरायली नागरिक अलेक्जेन्डरलाई रिहा गर्ने



Photo : BBC
अ+ अ-

काठमाडौं । हमासले इजरायली–अमेरिकन बन्दी एडज अलेक्जेन्डरलाई रिहा गर्ने भएको छ ।

गाजाले बन्दी बनाएका मध्ये उनी अन्तिम जीवित इजरायली–अमेरिकी भएको अनुमान गरिएको छ । मङ्गलबार अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पको हुन लागेको मध्यपूर्व भ्रमणको पूर्व सन्ध्यामा उनको रिहाइ हुने भएको हो ।

७० दिनदेखि इजरायली अवरोधका कारण मानवीय सहयोग रोकिएको गाजामा उक्त अवरोध खुला गर्ने इजरायलले जनाएको छ ।

यसअघि कतारमा हमासका प्रतिनिधिले अमेरिकी प्रशासनसँग सिधै वार्ता गर्ने जनाएको थियो । हमासले अलेक्जेन्डरलाई रिहाइ गर्न लागेको अमेरिका मार्फत थाहा पाएको समेत इजरायलले बताएको छ ।

अलेक्जेन्डरको रिहाइ गर्नुअघि हमासले मध्यस्थता गर्नेहरूसँग वार्ता गर्ने भएको छ । अलेक्जेन्डरको रिहाइको समयमा आक्रमण नहोस् भन्नका लागि उनीहरूले सोमबार सुरुवातमा नै वार्ता अघि बढाउन लागेका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई सकारात्मक सङ्केतको रूपमा लिँदै विश्वासको वातावरण बन्न सक्ने सम्भावना व्यक्त गरेका छन् । उनले नै सामाजिक सञ्जाल मार्फत नै यस कुराको पुष्टि गरेका छन् ।

तेल अभिभमा जन्मिएर अमेरिकाको न्यूजर्सीमा हुर्किएका २१ वर्षीय अलेक्जेन्डर ७ अक्टोबर २०२३ मा अपहरणमा परेका थिए । उक्त दिन २५१ जना बन्दी बनाइएका मध्ये ५९ जना अझै रिहा भएका छैनन् । यी मध्य २४ जना जीवित रहेको अनुमान छ ।