२८ भाद्र २०८३, आईतवार
,
Latest
प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

चम्पादेवीको सालक मार्गमा ऐतिहासिक पोखरी पुनःनिर्माण सुरु



अ+ अ-

कीर्तिपुर। दशकौँ अघि अस्तित्वमा रहेको कीर्तिपुर नगरपालिका–४ को सालक पदमार्गमा पर्ने ऐतिहासिक पोखरी पुनःनिर्माण सुरु भएको छ ।

हरेक नयाँ वर्षको दिन अर्थात् वैशाख १ गते मेला लाग्ने उपत्यकाको तेस्रो अग्लोडाँडा चम्पादेवीस्थित मन्दिर जाने पदमार्गको मध्यमा यो पोखरी भञ्ज्याङ अवस्थित छ ।

यो मार्ग दुर्लभ एवं सङ्कटापन्न वन्यजन्तुमा सूचीकृत सालकको बासस्थान भएकाले सालक मार्गका रूपमा परिचित छ । कीर्तिपुर–४ वडा कार्यालयबाट बाघभैरव मन्दिर हुँदै करिब एक घण्टको उकालोपछि भेटिने यो पोखरी बाघभैरव सामुदायिक वन क्षेत्रभित्र पर्दछ ।

स्थानीय वन्यजन्तुको पानी स्रोतका रूपमा रहेको यो पोखरी लामो समयदेखि पुरिएको अवस्थामा थियो । ठाउँको नाम पोखरी भञ्ज्याङ भए पनि पोखरी नदेखिएको विषयमा स्थानीय व्यवसायी तथा पर्यटकले कुरा उठाउन थालेपछि पोखरी उत्खनन गरी पुरानो अवस्थामा ल्याउने पहल गरिएको स्थानीय अभियन्ता मुरारी विष्टले बताउनुभयो ।

यसलाई पुनःनिर्माण गर्न सके वन्यजन्तु, चराचुरूङ्गीलाई पानी खान सहज हुनुका साथै खानेपानी मुहान पनि रिचार्ज हुन्छ भन्ने उद्देश्यले पहल थालेका हौँ”, उहाँले भन्नुभयो ।

चम्पादेवीको सालक मार्गमा आज बाघभैरव उपभोक्क्ता समूह, रेडक्रसकर्मी, स्थानीयलगायतको सहभागितामा करिब चार फिट गहिराईसम्म उत्खनन गरिएको थियो । रासस