२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँपालिकाका अध्यक्षमाथि कार्यकक्षमै छुराप्रहार



अ+ अ-

विराटनगर । मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि छुरा प्रहार भएको छ । शुक्रबार पटके कर संकलन गर्ने विषयमा विवाद हुँदा  कार्कीलाई कार्यकक्षमै छुरा प्रहार गरिएको हो ।

 छुरा प्रहारबाट कार्कीको टाउकोमा चोट लागेको छ । छुरा प्रहार गरेको आरोपमा केराबारी १० का ३२ वर्षीय भवन ठकुरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईले बताए ।  

ठकुरीले गउँपालिकाको कार्यालयको सुरक्षार्थ खटिएका गार्डले बोकेको खुकुरी समेत खोसेर लगेका थिए । प्रहरीले ठकुरीलाई छुरा र खुकुरीसहित नियन्त्रणमा लिएको छ ।