९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित

निकुञ्जमा गैँडा हेर्ने समय

निकुञ्जमा गैँडा हेर्ने समय
file photo
अ अ+ अ-

चितवन । गत शनिबार कार्यपालिका सदस्य र कर्मचारीको टोलीसहित निकुञ्ज घुम्न पुग्नुभएकी खैरहनी नगरपालिका उपप्रमुख कविता उप्रेतीले ३५ वटा हाराहारी एकसिङ्गे गैँडा देख्नुभयो । उहाँले एउटै घाँसे मैदानमा आठ वटा गैँडामात्र देख्नु भएन ढुक्कसँग बाघ हेर्ने अवसरसमेत पाउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा घुम्न आउनेहरू यतिबेला दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, बाघ, भालुजस्ता जनावर हेर्न पाउँदा फुरुङ्ग हुने गरेका छन् । खैरहनी नगरपालिकाका–१९ जना कार्यपालिका सदस्य र १२ जना कर्मचारीले एकैसाथ ठूलो सङ्ख्यामा गैँडा र बाघ हेर्ने अवसर पाएको उप्रेती बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामीले कसराबाट टाइगरटप्स जाँदै गर्दा एउटै घाँसे मैदानमा आठ वटा गैँडा देख्यौँ । फर्कंदा बाघ र भालु पनि देख्यौँ”, घोरल, सिंहकोब्राजस्ता वन्यजन्तु देखेको उहाँ बताउनुहुन्छ ।

निकुञ्जभित्र पर्यटक बोक्ने जिप चलाउँदै आउनुभएका सोम तामाङ गत एक महिनायता दैनिक एउटा न एउटा जिपमा गएका पर्यटकले बाघ हेर्ने अवसर पाएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “टाइगरटप्स पुगेर फर्कंदा ३० भन्दाबढी गैँडा देख्न सकिन्छ ।” सौराहाबाट मात्र निकुञ्जभित्र ३२ वटा जिप चल्दछन् । यससँगै कसरा, मेघौली, माडी र नवलपरासी तर्फबाट होटलहरुका जिप निकुञ्ज छिर्ने गर्दछन् । दिउँसो १२ देखि १ बजेको समयमा गर्मीका कारण गैँडा आहाल खेल्न पोखरीमा पस्ने हुँदा कम देखिने भए पनि अन्य समयमा निकुञ्जका विभिन्न ठाउँमा सजिलै गैँडा देख्न सकिने उहाँ बताउनुहुन्छ ।

सामुदायिक वनमासमेत सहजै गैँडा देखिन थालेको छ । सौराहाका निजी हात्तीहरू व्यवस्थापन गर्दै आएको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडा यो दुर्लभ वन्यजन्तु हेर्ने उपयुक्त समय भएको बताउनुहुन्छ । मध्यवर्ती सामुदायिक वनमा हात्ती चढेर जाने पर्यटकले सहजै गैँडा देख्ने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अरूबेला बाघ हेर्न महिनाँै कुर्नुपर्ने भए पनि अहिले बढीमा एक हप्तामा पर्यटकले सहजै बाघ देख्ने गरेका छन् ।”

चितवन राष्ट्रिय निकुञ्जका पूर्वी सेक्टर सौराहा हेर्दै आउनुभएका सहायक संरक्षण अधिकृत शान्तबहादुर मगर गर्मीको समयमा गैँडा पानीका पोखरी र सिमसार क्षेत्रहरूमा आउने हुँदा सजिलै देख्न सकिने बताउनुहुन्छ । घाँसेमैदान व्यवस्थापन गरेका कारण बाघलगायत वन्यजन्तुसमेत सहजै देखिने गरेको उहाँको भनाइ छ ।

अन्य कतिपय समयमा दिनभर निकुञ्ज घुमेर एकसिङ्गे गैँडा हेर्न नपाएर पर्यटक फर्कनुपर्ने भए पनि अहिले सहजै वन्यजन्तु हेर्न पाएपछि निकुञ्ज र सामुदायिक वनमा जिप र हात्ती सफारी एवं डुङ्गा सयर गर्नेहरू वढेको व्यवसायीहरू बताउँछन् । यो निकुञ्ज नेपालमा पर्यटकका लागि सफारीको प्रमुख गन्तव्य हो । यहाँ दुर्लभ वन्यजन्तु बाघ, गैँडाजस्ता जनावर हेर्न तेस्रो मुलुक, सार्क र नेपाली पर्यटकहरू आउने गर्दछन् ।