३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

पञ्जाब किङ्स र दिल्ली क्यापिटल्सको खेल रद्द, दर्शक र खेलाडी बाहिर निकालिए



अ+ अ-

नयाँदिल्ली। धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएसन (एचपीसीए) मैदानमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको पञ्जाब किङ्स र दिल्ली क्यापिटल्सबीचको खेल आकस्मिक रूपमा रद्द गरिएको छ।

खेलको दौरान मैदानको फ्लडलाइट अचानक बन्द भएपछि खेल रोकिन बाध्य भएको र केही समय पर्खिएपछि पुनः सुरु गर्न नसकिने निष्कर्षमा पुगेर खेल अन्ततः रद्द गरिएको आयोजकले जनाएको छ।

खेल रोकिँदासम्म पञ्जाब किङ्सले १०.१ ओभरमा १ विकेट गुमाएर १२२ रन बनाइसकेको थियो। प्रारम्भिक चरणमै आक्रामक ब्याटिङ प्रदर्शन गर्दै आएका प्रियांश आर्याले ४२ बलमा ७० रन बनाएका थिए। उनी टी नटराजनको बलमा माधव तिवारीद्वारा क्याच आउट भए।

यो खेल पाकिस्तानबाट आएको आक्रमणको खबरबीच भइरहेको थियो, जसले सुरक्षा पक्षलाई थप सतर्क बनाएको थियो। यद्यपि, आक्रमणको मैदानमा प्रत्यक्ष असर परेको वा नपरेकोबारे स्पष्ट जानकारी आएको छैन।

आईपीएल इतिहासमा यसप्रकारको प्राविधिक गडबडीले खेल रद्द हुनुले दर्शक र प्रशंसकमा निराशा पैदा गराएको छ। आयोजकहरूले भने सुरक्षाका कारणहरू र प्राविधिक समस्या समाधानका लागि थप सतर्कता अपनाउने बताएका छन्।