१ आश्विन २०८३, बिहीबार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस ‘विपद्को सामाजिक–आर्थिक प्रभाव’ विषयमा अर्याललाई विद्यावारिधि ‘लस एण्ड ड्यामेज’को दाबी बलियो बनाउन वैज्ञानिक प्रमाणमा लगानी बढाउनुपर्छ : सांसद कार्की मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा समावेशीता छुटेको छैनः कानूनमन्त्री गौतम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग नेपाल–साउदी स्वास्थ्य सहकार्य विस्तारमा जोड, भोटेकोशी बाढीप्रति साउदीको ऐक्यबद्धता बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा भोटेकोसी बाढी: संसदीय विशेष समिति गठन गर्ने विषयमा प्रारम्भिक छलफल जारी राज्य व्यवस्था समितिबाट राष्ट्रिय सेवा दल विधेयक पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनको नयाँ ढाँचा कस्ताे बन्ला ? सरकार गृहकार्यमा जुट्याे



अ+ अ-

काठमाडौँ — नेपाल सरकारले लकडाउनको नयाँ ढाँचाबारे सोमबार निर्णय गर्ने भएको छ । हरेक मन्त्रालयले आ–आफ्नो क्षेत्रको लकडाउनको ढाँचाबारे प्रस्ताव पेस गरेका छन् । त्यही आधारमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निर्णय गरेर प्रस्ताव मन्त्रिपरिषद्‌मा लैजाने तयारी भएकाे छ ।

साउन ७ गतेपछिको ढाँचा मन्त्रिपरिषद्‌मा छलफल गर्ने गरी विभिन्न मन्त्रालयबाट आएका प्रस्तावमाथि गृहकार्य भइरहेको सीसीएमसी सचिवालयका संयोजक तथा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिए । उनका अनुसार सीसीएमसीको निर्देशक समितिको आइतबार बसेको बैठकले कोरोना भाइरसको संक्रमणको अवस्था विश्लेषण गरेको छ ।

चैत ११ सुरु भएको लकडाउन पटक–पटक थपिँदै साउन ७ गतेसम्म तोकिएको छ । जेठ अन्तिम सातादेखि धेरै क्षेत्रमा लकडाउन खुकुलो बनाइसकिएको छ । सरकारले हरेक २१ दिनमा कोरोना भाइरसको संक्रमणलाई हेरेर लकडाउन कडाइ वा खुकुलो गर्ने निर्णय लिने बताइएको छ ।

निजी सवारीसाधनलाई जोर–बिजोर नम्बर प्रणालीका आधारमा सञ्चालन गर्नेदेखि सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने र पसलहरू खोल्नेसम्मका निर्णय सरकारले गरिसकेको छ ।

सार्वजनिक यातायात पनि सञ्चालन गर्न मिल्ने निर्णय गरेपछि सहरमा ट्याक्सीले पनि सेवा दिन थालेका छन् । गत सोमबारबाट सार्वजनिक बस पनि गुड्न थालेका छन् । (कान्तिपुर दैनिकबाट)