२८ भाद्र २०८३, आईतवार
,
Latest
प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेपाली चलचित्र स्तरीय बन्न थालेका छन्’



अ+ अ-

काठमाडौँ। अभिनेत्री मनिषा कोइरालाले नेपाली चलचित्र स्तरीय बन्न थालेको बताउनुभएको छ । चलचित्र ‘जार’ को ‘प्रिमियर शो’ हेरेपछि प्रतिक्रिया दिँदै उहाँले चलचित्रको ‘मेकिङ’, छायाङ्कन, पाश्र्वसङ्गीत, रङ्ग संयोजनलगायतका प्राविधिक विधाको तारिफ गर्नुभयो ।

“मलाई गर्व लाग्छ की हामीले पछिल्लो समय एकपछि अर्को राम्रो चलचित्र बनाएका छौँ । यी चलचित्रले नेपालको कुनै एक कालखण्डको दस्तावेजसँगै साहित्य र चलचित्रलाई एक आपसमा जोडेको छ । कलाकारको काम प्रसंशायोग्य छ”, उहाँले भन्नुभयो, “यसको छायाङ्कन, पाश्र्वसङ्गीत, निर्देशन हेर्दा हामी विश्वका चलचित्र भन्दा कमजोर छैनाँै भन्ने लाग्छ ।”

साहित्यकार इन्द्रबहादुर राईको कथालाई चलचित्रमा न्यायपूर्ण तरिकाले प्रस्तुत गरेको अभिनेत्री कोइरालाले बताउनुभयो । निर्देशक फुर्वाछिरिङ लामाले कथा पढेकालाई चलचित्र हेर्दा नबिझाउने किसिमले निर्माण गरिएको गरिएको बताउनुभयो । “मैले यसलाई चार वर्ष लगाएर तयार गरेको हुँ । सबैले रुचाएको कथालाई चलचित्रमा प्रस्तुत गर्न मैले सक्दो कोसिस गरेको छु”, निर्देशक लामाले भन्नुभयो ।

चलचित्रमा अभिनेताद्वय सौगात मल्ल र अनुपविक्रम शाही, अभिनेत्री गिताञ्जली थापा केन्द्रीय भूमिकामा हुनुहुन्छ । अभिनेता शाहीले आफूले प्राप्त गरिरहेको प्रतिक्रियाले मेहनतको फल प्राप्त भएको आभास भएको बताउनुभयो ।

“मैले कलाकारिताको यात्रामा यस्तो मेहनत कुनै चलचित्रमा गरेको थिइँन । किनकि यो सबैको प्रिय कथा थियो र त्यो पात्रलाई पाठकले ‘इम्याजिन’ गर्नुभएकै रुपमा प्रस्तुत गर्नुथियो । अर्को तर्फ म अभिनेता मल्लसँग काम गर्दै थिएँ, जो अभिनयमा अब्बल हुनुहुन्छ”, उहाँले भन्नुभयो ।

दुईसय वर्षअघिको नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित उक्त चलचित्र यही वैशाख २६ देखि नेपालभर प्रदर्शन हुँदैछ ।