३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

जैश प्रमुख मसूद अजहरका १० आफन्त मारिए

जैश प्रमुख मसूद अजहरका १० आफन्त मारिए
अ+ अ-

एजेन्सी । कान्दहार विमान अपहरणका मास्टरमाइन्ड तथा आतंकवादी संगठन जैश–ए–मोहम्मदका प्रमुख मौलाना मसूद अजहरले बहावलपुरमा भएको भारतीय आक्रमणमा आफ्नो परिवारका १० सदस्य र ४ सहयोगी मारिएको बताएका छन् ।

बीबीसीको रिपोर्ट अनुसार, मसूद अजहरले एक विज्ञप्ति जारी गर्दै मारिनेहरूमा उनकी जेठी बहिनी र उनका पति, मसूद अजहरका भतिजा र उनकी श्रीमती, मसूदकी भतिजी र उनका पाँच छोराछोरी रहेको बताएका छन् ।

विज्ञप्तिमा आतंकवादी मसूदका तीन नजिकका सहयोगीहरू पनि मारिएको उल्लेख छ । यी बाहेक, एक सहकर्मीकी आमाको पनि मृत्यु भएको छ ।

संसद आक्रमण बाहेक, अजहर पठानकोट–पुलवामा आक्रमणको मास्टरमाइन्ड पनि हुन् ।

मसूद अजहर पहिलो पटक जनवरी २९, १९९४ मा बंगलादेशबाट विमानमार्फत ढाकाबाट दिल्ली पुगेका थिए । १९९४ मा अजहर नक्कली परिचय प्रयोग गरेर श्रीनगर प्रवेश गरेका थिए ।

२४ डिसेम्बर १९९९ मा, काठमाडौंबाट दिल्ली आउँदै गरेको एक भारतीय विमानलाई अजहरका भाइ र अन्य आतंककारीहरूले अपहरण गरेका थिए । उनले यसलाई अफगानिस्तानको कान्दाहार लगे, जहाँ त्यतिबेला तालिबानले शासन गरेको थियो । विमानमा कैद गरिएका मानिसहरूको बदलामा मसूद अजहरसहित ३ आतंककारीलाई रिहा गर्ने माग गरिएको थियो ।