३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा संघ पर्वतको भेलामा झडपमा परी केन्द्रीय सदस्य अर्जुन पौडेल घाइते



अ+ अ-

काठमाडौँ । राष्ट्रिय युवा संघ पर्वतमा अधिवेशन गर्ने, नगर्ने विषयमा उत्पन्न विवादले झडप निम्तिँदा केन्द्रीय सदस्य अर्जुन पौडेलसहितका नेता घाइते भएका छन् ।

जिल्ला पार्टी कार्यालयमा भएको भेलाका क्रममा दुई पक्षबीच विवाद भएपछि झडप भएको हो । पौडेलको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ ।

एक पक्षले पार्टी पदाधिकारीमाथि हातपात गर्न थालेपछि झडपको स्थिति भएको अर्को पक्षको दाबी छ । युवा संघका अध्यक्ष विनोद थापा र सचिव प्रकाश थकाली अधिवेशन नगर्ने पक्षमा थिए ।

तर, एमाले पर्वतको पहलमा बोलाइएको अधिवेशनमा झडप भएको हो । राष्ट्रिय युवा संघको जेठ ९ देखि ११ गतेसम्म पोखरामा महाधिवेशन हुँदैछ । त्योभन्दा अगाडि नै जिल्ला कमिटी तथा प्रतिनिधि छनोट गर्नुपर्ने भएका कारण केन्द्रकै निर्देशनमा आयोजक कमिटी गठन गर्ने भन्दै भेला डाकिएको थियो ।

एमाले जिल्ला अध्यक्ष गोविन्द गिरीका अनुसार एउटा समूहको विरोधकाबीच अहिले कार्यक्रम भइरहेको छ ।