२ पुष २०८२, बुधबार
,
Latest
पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियारको आँखा माधवकुमार नेपालतिर, बयान लिएर छाडियो !



file photo
अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बयान लिएको छ । पतञ्जलि योगपीठको जग्गा अनियमितताको अनुसन्धानका क्रममा अख्तियारले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग बयान लिएको हो ।

अख्तियारले नेपालसँग तीन साताअघि नै बयान लिएको हो । अख्तियारको टोलीले टंगालस्थित कार्यालयमै बोलाएर बयान लिएको बताइएको छ । अख्तियारका प्रमुख आयुक्तको निर्देशनअनुसार नै नेपाललाई कार्यालयमा बोलाएर बयान लिइएको हो ।

सुरुमा अख्तियारले बोलाउँदा नेपालले बयान दिन जान इन्कार गरेका थिए । उनले उल्टै घरमै आएर बयान लिन भनेका थिए । तर अख्तियारले निवेदन दिए मात्र आफूहरु घरमा आएर बयान लिने बताएपछि उहाँ कार्यालयमै गएर बयान दिएको बताइएको छ ।

अख्तियारमा बयान दिँदा आफूलाई राजनीतिक पूर्वाग्रह राखिएको र बयान लिएर सार्वजनिक छविमा आँच पुर्‍याउन खोजिएको भन्दै आशंका अध्यक्ष नेपालले गरेका थिए । तर अख्तियारले बयान गोप्य हुने र त्यसको विवरण कतै लिक नहुने आश्वासन दिएको थियो ।

पतञ्जलि योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो । तत्कालीन सरकारको निर्णयबाट हदबन्दी छुटमा पाएको जग्गा पछि मन्त्रिपरिषदकै निर्णयबाट बिक्री गरेको भेटिएपछि अख्तियारले छानबिन थालेको थियो ।

२०६६ साल माघ १८ गते माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषदले पतञ्जलिलाई काभ्रेमा ८१५ रोपनी जग्गा किन्न छुट दिएको थियो । त्यतिबेला पतञ्जलिले करिब ६ सय रोपनी जग्गा किनेको थियो । कतिपय जग्गा त्यसभन्दा अघि नै खरिद भएको थियो । जग्गा किनेको केही महिनामा नै उसले जग्गा बेच्ने निर्णय गर्यो ।

कानूत: हदबन्दी छुटको जग्गा बेच्न मिल्दैन, कम्पनी विघटन हुँदा सहुलियतको जग्गा स्वत: सरकारीकरण हुने कानूनी व्यवस्था छ । तर २०६६ सालमै तत्कालिन सरकारले जग्गा बिक्री गर्न अनुमति दिने निर्णय गरेको थियो ।

हदबन्दी छुटको जग्गा बिक्री गर्ने प्रयास भएपछि भूमिसुधार मन्त्रालयले ‘अनुमति दिन नसकिने’ प्रस्ताव अघि बढाएको थियो । तहगत रुपमा त्यो प्रस्ताव भूमिसुधार सचिव छविराज पन्त हुँदै मन्त्री डम्बरबहादुर श्रेष्ठसम्म पुग्यो ।

मन्त्री श्रेष्ठले ‘सम्माननीय प्रधानमन्त्रीज्यूको मौखिक आदेश अनुसार हदबन्दी छुटको जग्गा बेच्न अनुमति दिने प्रस्ताव अघि बढाउनु’ भनी निर्णय गरेको फाइल अख्तियारले भेटाएको छ । अख्तियारले यसबारेमा तत्कालीन सचिव छविराज पन्तसँग बयान लिइसकेको छ ।

त्यही निर्णयका आधारमा मन्त्रिपरिषदबाट हदबन्दी छुटको जग्गा बेच्न दिने निर्णय भएको थियो । अख्तियारले त्यही निर्णयमाथि प्रश्न उठाई तत्कालीन प्रधानमन्त्री) माधवकुमार नेपालसँग बयान लिएको हो ।