२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा स्थायी कमिटी बैठक सुरु, प्रधानमन्त्री ओली अनुपस्थित



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक सुरु हो । भएको  प्रकाशले जानकारी दिए ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित भएका छन् । प्रधानमन्त्री ओलीले त्यसअघि प्रचण्डसँगको भेटमा आफू बैठकमा आउन नसक्ने जानकारी गराएका स्रोतले जनाएको छ ।

विवाद बढ्दै गएपछि ओलीले यसअघि पनि बैठकमा उपस्थिति जनाएका थिएनन् ।

बैठकमा नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले बाढी र पहिरो प्रभावितको उद्दार तथा राहतका लागि पार्टीले विशेष प्रस्ताव पारित गर्दै चितवनको माडी स्थित चेपाङ बस्तीमा आगो लगाइएको घटनामा पनि सरकारको ध्यानाकर्षण गराउने निर्णय बैठकले गरेको हो ।