२ आश्विन २०८३, शुक्रबार
,
Latest
अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने पाकिस्तानी राजदूत खानद्वारा रासस परिवारप्रति सहानुभूति प्रकट बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने बाढीको पानी घट्यो, जोखिम घटेन जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा एकै दिन ६० हजार संक्रमित थपिए



अ+ अ-

काठमाडौं । संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस ९कोभिड–१९० बाट एकै दिन ६० हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । अमेरिकाको रोग नियन्त्रण केन्द्र (सीडीसी) ले गएको २४ घन्टामा ६१ हजार २८८ जना संक्रमित थपिएको बताएको हो ।

त्यस्तै गएको २४ घन्टायता मात्र ४८८ जनाको यो संक्रमणका कारण ज्यान गएको अमेरिकाको जोन हाप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ । यहाँ संक्रमितको संख्या अझै धेरै हुनसक्ने अनुमान पनि गरिएको छ ।

कोरोना भाइरसबारे विश्वव्यापी तथ्यांक संकलन गरिरहेको जोन हप्किन्स विश्वविद्यायका अनुसार यसअघि यहाँ अहिलेसम्म संक्रमितको संख्या ३८ लाख नाघेको छ ।उक्त विश्वविद्यालयले यहाँ १ लाख ४० हजार ९२२ जनाको ज्यान गइसकेको छ । गएको २४ घन्टामा मात्र यहाँ ४८८ जना संक्रमितको निधन भएको बताइएको छ ।

संक्रमण तीव्र भएपछि केही राज्यले व्यापार व्यवसाय सुचारु गर्ने योजनापछि सारेका जनाइएको थियो । तर पछि आएर धेरै राज्यमा व्यपार व्यवसाय पनि शुरु भएको छ ।यसरी अमेरिका कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित भएको देशका रुपमा रहेको छ । सोमबार मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाउन सबैलाई अपिल गर्नुभएको छ ।

विगतमा लामो समयसम्म उहाँ आफैले पनि मास्क नलगाउने गर्नुृभएको थियो । आगामी नोभेम्बरमा यहाँ राष्ट्रपतीय निर्वाचनको अभियान शुरु हुदैछ । त्यसैले सो निर्वाचन झन् कोरोना महामारी फैलिन सक्ने त्रास देखिएको छ ।

सीडीसीले पछिल्लो समय देशका दक्षिणी र पश्चिमी राज्यहरूमा संक्रमितको संख्या निकै बढेको छ । यसबारे अध्ययन अनुसन्धान गरिरहेका वासिङ्टन विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले आगामी अक्टोबर महिनासम्ममा १ लाख ८० हजारको मृत्यु हुने अनुमान गरेका छन् ।