१२ श्रावण २०८३, मंगलवार
,
Latest
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘महाराजधिराज’मा आर्यन सिग्देल अनुबन्ध



अ+ अ-

काठमाडौं। चलचित्र ‘महाराजधिराज’मा एकपछि अर्को चर्चित कलाकारहरूको घोषणा हुँदै जाँदा फिल्मको चर्चा झनै चुलिँदै गएको छ ।

परिच्छेद सेनले निर्देशन ‘महाराजधिराज’मा यसअघि रमेश उप्रेती अनुबन्ध भएका थिए । रमेशभन्दा अगाडि पल शाह अनुबन्ध भएका थिए । यतिबेला नायक आर्यन सिग्देल अनुबन्ध भएका छन् । मुख्य मध्येको एक भूमिकामा आर्यन अनुबन्ध भएको निर्माणपक्षले जनाएको छ ।

आर्यन, रमेश र पलको अनुबन्धले सिनेमाको लाइनअप बलियो हुँदै गएको छ । लाइनअप बलियो हुँदै जाँदा सिनेमाप्रतिको अपेक्षा पनि बढ्दै गएको छ ।

‘महाराजधिराज’को पोस्टर यसअघि नै रिलिज भइसकेको छ । यस चलचित्रमा आर्यन कुन भूमिकामा प्रस्तुत हुने हुन् भन्ने विषयले अहिले दर्शकमाझ थप जिज्ञासा थपेको छ ।

आर्यनले ‘महाराजधिराज’मा अनुबन्ध हुन पाएकोमा खुशी व्यक्त गर्दै आफ्नालागि फरक चरित्र र दर्शकका लागि नयाँ हुने बताए । यो चलचित्रमा जय किशन बस्नेत पनि एक महत्वपूर्ण भूमिकामा देखिने पक्का भइसकेको छ ।

‘महाराजधिराज’मा निर्देशक सेन स्वयंको लेखन रहेको छ । उनले यसअघि निर्देशन गरेको सिनेमा ‘प्रेमगञ्ज’ समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो ।

फूलपातीमा प्रदर्शन हुने ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन् । उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो ।

सिनेमाको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् ।

निर्माण पक्षका अनुसार चलचित्रका सबै कलाकारहरूको नाम अझै पूर्ण रूपमा सार्वजनिक भइसकेको छैन । केही महत्वपूर्ण कलाकारहरूको घोषणा बाँकी रहेको जनाइएको छ, जसले चलचित्रको लाइनअपलाई झनै रोचक बनाएको छ ।