३ भाद्र २०८३, बुधबार
,
Latest
एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह ‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति नेप्से परिसूचक झिनो अङ्कले घट्यो बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते
तपाईं के खोज्दै हुनुहुन्छ ?

एस्टन भिल्लाले वाटफोर्डलाई उछिन्यो



अ+ अ-

लन्डन । मंगलबार इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लाले आर्सनललाई १–० ले हराएर रेलिगेसन क्षेत्र छाडेको छ । एस्टन भिल्लालाई बहुमूल्य जित दिलाउन इजिप्टका विन्गर ट्रेज्ग्वेटले निर्णायक गोल गरे ।

डिन स्मिथको क्लबले अब रेलिगेसनबाट बच्न आफ्नो भाग्य आफै लेख्न सक्नेछ । मंगलबारको अर्को खेलमा म्यानचेस्टर सिटीले वाटफोर्डलाई ४–० ले हराएरपछि यो समीकरण तयार भएको हो ।

वाटफोर्ड भने पुछारबाट तेस्रो स्थानमा पुगेको छ । सन् १९९८ यता एस्टन भिल्लाले लिगमा आर्सनललाई हराएको यो पहिलो पल्ट हो । एस्टन भिल्ला र वाटफोर्ड दुवैको समान ३४ अंक छ ।

एस्टन भिल्ला गोल अन्तरले अगाडि रहेको छ । अब लिगको अन्तिम दिनको खेलमा आइतबार उसले वेस्ट ह्यामको सामना गर्नेछ भने वाटफोर्डले आर्सनलको भ्रमण गर्नेछ । यस्तै पुछारबाट दोस्रोमा रहेको बर्नमाउथले एभर्टनविरुद्ध खेल्नेछ ।