६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहित्यकार तथा पत्रकार अर्चना झालाई ‘सीता’को उपाधिले सम्मानित



अ+ अ-

ललितपुर । ‘सीता जयन्ती’ को अवसरमा मैथिली ‘अर्चनाकृत रामायण’ की लेखिका एवम् पत्रकार अर्चना झालाई सीता’ उपाधिसहित सम्मान गरिएको छ ।

मिथिला संस्कृति समाजले यस वर्ष मैथिली ‘अर्चनाकृत रामायण’ की लेखिका साहित्यकार एवं राष्ट्रिय समाचार समितिका पत्रकार अर्चना झा तथा काठमाडौँ जिल्ला अदालतकी न्यायाधीश मोना सिंहलाई संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री बद्रीप्रसाद पाण्डेले सम्मान गर्नुभएको मिथिला संस्कृति समाजका अध्यक्ष वीरेन्द्र ठाकुरले जानकारी दिनुभयो

मिथिला संस्कृति समाज, नेपालको आयोजनामा ‘सीता प्राकट्य दिवस समारोह २०८२’ लाई सम्बोधन गर्दै उहाँले इतिहासले सीता मातालाई आदर्श नारीका रूपमा चित्रित गरेकाले सबैमा आदरभाव हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुुभयो, “सीताप्रति हाम्रो आदरभाव त्यहीबेला सार्थक हुन्छ जब हामी मिथिलाको संस्कृति र महिमाको पुनर्जागरण गर्छौं ।” उहाँले मिथिला र बौद्ध संस्कृतिलाई जोड्न सीता–सिद्धार्थ खण्डका रूपमा हुलाकी मार्गको सम्बन्धित खण्डको विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गर्ने बताउनुभयो ।

मिथिला संस्कृति समाज नेपालका कार्यक्रम संयोजक अमितकुमार दासले हरेक वर्ष यस अवसरमा ‘सीता माता’ को महिमासम्बन्धी चर्चा परिचर्चा, विचार–मन्थन, संस्थाप्रति योगदान दिनेहरूलाई सम्मान तथा स्रष्टा सम्मान कार्यक्रम गर्दै आइरहेको बताउनुभयो ।