२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्मार्ट बसपार्क चाँडै सञ्चालनमा आउने



अ+ अ-

धरान, (सुनसरी) । धरान उपमहानगरपालिका–८ मा निर्माणाधीन धरान स्मार्ट बसपार्क अन्तिम चरणमा पुगेको छ । करिब एक बिघा सात कट्ठामा बनिरहेको बसपार्कको हालसम्म ९८ प्रतिशत भौतिक र ९६ प्रतिशत वित्तीय प्रगति भएको छ ।

धरान उपमहानगरपालिकाका योजना निर्माण शाखाका इन्जिनियर प्रकाश शर्माका अनुसार सङ्घीय सरकारको ५० प्रतिशत र धरान उपमहानगरपालिकाको ५० प्रतिशत आन्तरिक स्रोतबाट बसपार्क निर्माण थालिएको थियो । ‘बिकोइ गीताञ्जली जेभी दुहबी सुनसरी’ले रु २३ करोड १५ लाखमा ठेक्का सम्झौता गरी निर्माण थालेको इन्जिनियर शर्माले बताउनुभयो ।

हालसम्म बसपार्कको टर्मिनल भवन निर्माण सकिएको छ भने विद्युत् र पानीको लाइन विस्तारका काम सम्पन्न भएका छन् । बसपार्कको बाह्य सडक, मार्बल, फल्स, सिलिङलगायत काम सम्पन्न भइसकेका छन् भने बसपार्क अगाडि केही बाटोको काम भइरहेको धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले बताउनुभयो । इन्जिनियर शर्माका अनुसार भुइँ तलामा करिब तीन सय यात्रु बस्न मिल्ने प्रतिक्षालय, टिकट काउन्टर, एटिएम बुथ, सिसीटिभी र सुरक्षा कक्ष, सार्वजनिक शौचालय, प्राथमिक उपचार कक्ष, मिनीमार्ट, यात्रु ओर्लने तथा चढ्ने २२ अटो रहने छन् ।

भवनको पहिलो तलामा उपमहानगरको आम्दानी प्रयोजनका लागि पसल राख्न सकिने गरी १८ कोठा छन् । बसपार्कको अधिकांश काम सम्पन्न भइसकेको छ भने फिनिसिङका केही काम धमाधम भइरहेका छन् । सम्पूर्ण काम सम्पन्न गरेर आउँदो जेष्ठभित्र भवन हस्तान्तरण गरिने इन्जिनियर शर्माले बताउनुभयो ।

धरानमा लामो समयदेखि व्यवस्थित बसपार्क नहुँदा समस्या हुँदैआएको थियो । साँघुरो बसपार्कका कारण यात्रुलाई हुने सास्ती र समस्यालाई ध्यानमा राखेर उपमहानगरपालिकाले अत्याधुनिक भवनसहित स्मार्ट बसपार्क निर्माण थालेको हो । स्मार्ट बसपार्क निमार्णपछि सहज रुपमा यात्रा गर्न सकिने छ । रासस