२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालबालिकाका लागि शिक्षामूलक गीत ‘ आऊ साथी ’ सार्वजनिक



अ+ अ-

काठमाडौं। बालबालिकालाई साथीभाईसँग बसेर रमाइलो गर्दै पढ्न, लेख्न, अक्षर र अंक सिक्न प्रेरित गरिएको एउटा बालगीत भिजन अफिसियल युटुबले सार्वजनिक गरेको छ ।

उक्त गीतमा खेल, गीत, रमाइलो पात्रहरू (जस्तै बाटुली) को माध्यमबाट सिकाइलाई सहज, रमाइलो र प्रेरणादायक बनाइएको छ । साथै, राम्रो काम र शिक्षा प्राप्तिको महत्व, देश विकासमा बालबालिकाको भूमिका र उनीहरूको संरक्षण तथा पालनपोषणको आवश्यकतालाई पनि उजागर गरिएको छ।

पठनपाठनको सन्देश र मनोरञ्जनको स्वरूप बोकेको यो बालगीत शिक्षामूलक तथा सन्देशमूलक बालसाहित्यको उत्कृष्ट उदाहरण हो । लुनिभा शाही, श्रेषा श्रेष्ठ, मनिमा महर्जन र स्वास्तिका महर्जनको प्रस्तुति यस गीतमा देख्न सकिन्छ । उनीहरूको गायन तथा सृजनात्मक योगदानले गीतलाई अझ जीवन्त बनाएको छ ।

उक्त गीतका शब्द तथा रचना युनाद्वारा गरिएको हो भने सङ्गीत संयोजन मनिष सिंहले गर्नुभएको हो ।

भिडियो