२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिष्ट आन्दोलनकी योद्धा सुभद्रा रेग्मी सम्मानित



अ+ अ-

मकवानपुर। कम्युनिष्ट आन्दोलनकी योद्धा हेटौँडा– ८ निवासी सुभद्रा रेग्मीलाई श्री चन्द्र शर्मा स्मृति सम्मानबाट पुरस्कृत गरिएको छ ।

उहाँलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदनभण्डारी फाउण्डेशन मकवानपुरद्वारा आज हेटौँडामा आयोजित एक कार्यक्रममा फाउण्डेशनका तर्फबाट सम्मानपत्रका साथै नगद रु १५ हजार ५५५ सहित सम्मान गर्नुयो ।

पञ्चायतकालमा भूमिगत राजनीतिक अवस्थामा रहेर प्रत्येक गाउँटोलमा कम्युनिष्ट आन्दोलनलाई सक्रियतापूर्वक योगदान गरेको स्मरण गर्दै रेग्मीलाई सम्मान गरिएको फाउण्डेशनका अध्यक्ष रघुनाथ खुलालले बताउनुभयो ।

सम्मानित रेग्मीले आफूले प्राप्त गरेको रकम सडक बालबालिकाका लागि खर्च गर्न मामाघरका व्यवस्थापक अर्पण पराजुलीलाई हस्तान्तरण गर्नुभयो ।

आजै पूर्वराष्ट्रपति भण्डारीले हेटौँडा उपमहानगरपालिका-९ स्थित त्रिवेणीधाम मन्दिरको अवलोकन गर्नुभएको छ । उहाँ नेकपा (एमाले) बागमती प्रदेश, युवा परिषद्का पदाधिकारी, सदस्य र विभिन्न युवा समूहसँग अन्तरक्रिया कार्यक्रममा पनि सरिक हुनुभएको थियो । रासस