३ भाद्र २०८३, बुधबार
,
Latest
एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह ‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति नेप्से परिसूचक झिनो अङ्कले घट्यो बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलले उचाल्यो इंग्लिस प्रिमियर लिगको ट्रफी



अ+ अ-

लिभरपुल । बुधबार च्याम्पियन लिभरपुलले एनफिल्डमा इंग्लिस प्रिमियर लिगको ट्रफी उचालेको छ । बुधबारको खेलमा उसले चेल्सीमाथि ५–३ को रोमाञ्चक जित पनि निकालेको छ । लिभरपुल पूरा सिजन घरमा अपराजित पनि रह्यो । उसका लागि पहिलो हाफमा नेबी केइटा, ट्रेन्ट एलेक्जान्र आर्नोल्ड र जर्जिनोले गोल गरे ।

ओलिभर जिरोडले एक गोल फर्काएयता रोबर्टो फिरमिनोले चौथो गोल गरे । टामी अब्राहिम र क्रिस्टियन पुलिसिचले दुई गोल गरेपछि चेल्सीले खेलमा फर्कने छाँट देखाएको थियो, तर एलेक्स अक्सले च्याम्बरलिनले लिभरपुलका लागि पाँचौं गोल गर्दै जित निश्चित गरे । लिभरपुलले लिगको घरमा खेलेका १९ खेलमध्ये १८ मा विजयी रह्यो ।

जितसँगै लिभरपुलको ९६ अंक पनि भएको छ । लिभरपुलले अन्तिम खेल आइतबार न्युकासल युनाइटेडसँग खेल्नेछ ।