१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट ब्रुम प्रिमियर लिगमा



अ+ अ-

लन्डन । वेस्ट ब्रुमले च्याम्पियनसिप लिगको अन्तिम खेलमा क्यूपीआरसँग २–२ को बराबरी खेलेर बढुवा पाएको छ । स्लेभिन बिलिचको वेस्ट ब्रुमले विजेता लिड्स युनाइटेडसँगै अर्को सिजन प्रिमियर लिगमा खेल्नेछ ।

प्रतिद्वन्द्वी टिमले खराब नतिजा बेहोरेपछि वेस्ट ब्रुमको भाग्य चम्केको हो । तेस्रो स्थानमा रहेको ब्रेन्टफोर्ड बान्र्सलीसँग २–१ ले पराजित रह्यो भने चौथो स्थानको फुलहमलाई विगनले १–१ को बराबरीमा रोक्यो ।

वेस्ट ब्रुम दुई सिजनपछि फेरि प्रिमियर लिगमा फर्केको हो । च्याम्पियनसिप लिगबाट विगन, हल र चार्ल्टन रेलिगेसनमा परेका छन् ।