२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ४३ पुग्यो



अ+ अ-

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पर्साको वीरगञ्जमा एक जना संक्रमितको मृत्यु भएको हो । 

गत सोमबार सास फेर्न गाह्रो भएपछि उनलाई एडभान्स अस्पतालमा भर्ना गरिएको थियो । शंकास्पद विरामी भएको भन्दै पर्सा माईस्थानका अन्दाजी ६० वर्षीय पुरुषलाई मंगलबार गण्डकस्थित कोरोना अस्पतालमा लगिएको थियो । उनको सोही दिन साँझ मृत्यु भयो ।

उनको मृत्यु भइसकेपछि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।