२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार र शिक्षक महासंघबीच भएको मध्यरातसम्मको वार्ता निष्कर्षविहीन



अ+ अ-

काठमाडौं । सरकार र आन्दोलतरत सामुदायिक शिक्षकहरुबीचको वार्ता निष्कर्षविहीन भएको छ । सरकारले आन्दोलनरत शिक्षक महासंघसँगका प्रतिनिधिहरुसँग मध्यरातिसम्म गरेको वार्तामा ठोस सहमति जुट्न नसकेको हो ।

सरकारका तर्फबाट वार्तामा शिक्षामन्त्री रघुजी पन्त, सचिव दिपक काफ्ले सहभागी थिए । वार्ताको औपचारिक नेतृत्व भने शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले गरेका थिए ।

महासंघको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापालगायत वार्तामा सहभागी थिए । तर दुवै पक्षले वार्ता सकारात्मक दिशामा अघि बढेको बताएका छन् । ’हामी शिक्षकहरुसँग वार्तामा छौं । वार्ता सकारात्मक ढंगले अघि बढेको र सकेसम्म त्यसलाई छिटो टुंग्याउने प्रयत्न गर्छौं,’ वार्तापछि मन्त्री पन्तले भने ।

यस्तै वार्तामा सहभागी शिक्षक प्रतिनिधिले मन्त्रिपरिषद्बाट निर्णय गर्न सकिने विषयमा छलफल गरिएको भन्दै बुधबार बेलुकीसम्म सबै सार्वजनिक गरिने बताएका छन् । वार्तामा गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी भएका थिए ।

आन्तरिक बैठक र छलफलका कारण महासंघका पदाधिकारी मंगलबार ढिला गरी मन्त्रालय पुगेका थिए । सडक प्रदर्शन सकेपछि शिक्षक महासंघको केन्द्रीय नेतृत्व छलफलमा जुटेको थियो । सोमबार साँझ पनि मन्त्रालयमा छलफल भएको थियो । छलफल सकारात्मक भएको दुवै पक्षले बताएका छन् ।

मन्त्रिपरिषद्बाट आंशिक मागहरु पूरा गर्ने, विद्यालय शिक्षा विधेयक पारित हुने विश्वासिलो वातावरण बनाउने र आन्दोलन स्थगित गर्ने विषयमा छलफलकेन्द्रित भएको थियो ।

पूर्वशिक्षामन्त्री विद्या भट्टराईले मन्त्रिपरिषद्बाट निर्णय गर्न सकिने भनि प्रस्ताब गरेको ७ बुँदेमा अन्य केही माग थपेर पारित गर्न शिक्षकहरुले माग राखेका छन् । मन्त्रिपरिषद्बाट निर्णय गराउने विषय टुंगो लगाएर सहमतिको प्रक्रिया अघि बढाउने जनाइएको छ ।

मन्त्रिपरिषद्बाट आंशिक माग पूरा भए शैक्षिक हड्तालसहितको आन्दोलनको स्वरुप फेर्न सकिने पदाधिकारीहरुको भनाइ छ ।