९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध

उच्च अदालतद्वारा जन्मकैदको फैसला सदर, जातीय विभेद बदर

उच्च अदालतद्वारा जन्मकैदको फैसला सदर, जातीय विभेद बदर
अ अ+ अ-

सुर्खेत । जाजरकोटका नवराज विकसहित ६ जनाको सामूहिक हत्या भएको चर्चित सोती घटनामा संलग्न २३ जना प्रतिवादीलाई जिल्ला अदालतले सुनाएको जन्मकैदको सजाय उच्च अदालत सुर्खेतले सदर गरेको छ । उच्च अदालतले सबै प्रतिवादीलाई जातीय विभेदको मुद्दामा भने सफाइ दिएको छ ।

न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले आज रुकुम पश्चिम जिल्ला अदालतको फैसलालाई अधिकांश रूपमा यथावत् राख्दै जन्मकैदको सजाय कायम राखेको हो । तर जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा भने जिल्ला अदालतले सुनाएको दुई वर्षको कैद र ५० हजार रूपैयाँ जरिवानाको फैसला उल्टाइदिएको छ ।

पीडितले पाउनुपर्ने क्षतिपूर्ति र जन्मकैद सदर भएकाले फैसलामा आंशिक सच्याइएको हो ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ स्थित सोती गाउँमा २०७७ जेठ १० गते नवराज विकसहित ६ जनाको ज्यान लिएको घटनामा संलग्न ठहर २३ जना दोषीलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।

उनीहरूमध्ये डम्बरबहादुर मल्ल (तत्कालीन वडा अध्यक्ष), नेत्रबहादुर मल्ल, रेशम मल्ल, सविन पुन, नवीनकुमार घर्तीमगर, विराज पुन मगर, धनराज राना, भीमबहादुर पुन, रमित पुन मगर, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, मोहन पुन मगर, इर्दबहादुर ठकुरी, तिलक चन्द, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल र विष्णु मल्लसहित नवराजकी प्रेमिकाका बुबा र दाजु (नाम गोप्य राखिएको) छन् ।

२०७७ साल जेठ १० गते जाजरकोटका नवराज विक आफ्नी प्रेमिका ठकुरी थरकी युवतीसँग विवाह गर्न रुकुम चौरजहारी पुगेका थिए । गाउँलेहरूले उनीसहित गएका १८ जनामध्ये ६ जनालाई कुटपिट गर्दा ज्यान गएको थियो ।

घटना के थियो ?
२०७७ जेठ १० गतेको जातीय नरसंहारका रुपमा लिइएको सोती घटनामा सोती गाउँका स्थानीयको आक्रमणबाट नवराज विक, भेरी नगरपालिका–४ कै १७ वर्षीय गणेश बुढामगर, २१ वर्षका सञ्जु विक, भेरी नगरपालिका–११ का १८ वर्षीय लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का २० वर्षीय टीकाराम नेपालीको मृत्यु भएको थियो ।

यो घटनामा रुकुम चौरजहारी नगरपालिका–८ वडाध्यक्ष डम्बरबहादुर मल्ल, सोती गाउँका नेत्रबहादुर मल्ल, रेशम मल्ल, सविन पुन, नवीनकुमार घर्तीमगर, विराज पुन मगर, धनराज राना, भीमबहादुर पुन, रमित पुन मगर, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, मोहन पुन मगर, इर्दबहादुर ठकुरी, तिलक चन्द, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, विष्णु मल्ल, नवराजकी प्रेमिकाका बुबा परिवर्तित नाम ‘५४ रुकुम पश्चिम ३६’ ९१० र दाजु ‘५४ रुकुम पश्चिम ३६’ ९३० लाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।

सरकारी वकिल कार्यालयमार्फत ३४ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । उनीहरूमध्ये थुनछेक बहसका क्रममा नाबालक नवराजकी प्रेमिका र भाइसहित ११ जनालाई साधारण तारेखमा छाडिएको थियो ।