५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजु बाबु श्रेष्ठको कोरोना गीत…



अ+ अ-

किन यस्तो भयो दैव मान्छेको यो जुनी
किन देख्न थाले मान्छे मान्छेलाई नै खूनी 
कसले चोरी लग्यो हरे मान्छेको सुख चैन
भागी लुकी बस्न पनि कतै ठाउँ छैन 
यस्तो बेला भुरुरुरु मन उडेर पुग्छ गाउँ
आफ्नो गाउँभन्दा प्यारो छैन रैछ कुनै ठाउँ ।

मान्छेदेखि मान्छे आफै टाढा भाग्ने दिन आयो
छिमेकीको घर जल्दा भागी लुक्ने दिन आयो 
मान्छेको मन बदलिएर किन भयो ढुंगा माटो 
साट्न मिल्ने केहि पनि छैन जिन्दगीको साटो 
यस्तो बेला भुरुरुरु मन उडेर पुग्छ गाउँ 
आफ्नो गाउँभन्दा प्यारो छैन रैछ कुनै ठाउँ ।

खान लाग्दा खानासंगै पनि किन लाग्छ डर
श्वास फेर्दा हावासंग पनि किन लाग्छ डर
आफ्नै मान्छेसंग पनि भाग्नु पर्ने पर पर 
मुखले भन्ने मात्र रैछ मरि लानु के नै छ र 
यस्तो बेला भुरुरुरु मन उडेर पुग्छ गाउँ 
आफ्नो गाउँभन्दा प्यारो छैन रैछ कुनै ठाउँ ।