९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध

सरकार र शिक्षक महासंघ सहमतिनजिक, आन्दोलन टुंग्याउने तयारी

सरकार र शिक्षक महासंघ सहमतिनजिक, आन्दोलन टुंग्याउने तयारी
अ अ+ अ-

काठमाडौं । सरकार र २८ दिनदेखि आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक सहमतिनजिक पुगेका छन् । शिक्षामन्त्री रघुजी पन्तले हिजो राति अबेरसम्म शिक्षक महासंघसँग वार्ता गरेका थिए । अब वार्ता सहमति नजिक पुगेकाले सम्झौताको तयारी छ ।

सहमतिलाई अन्तिम रुप दिन आज पनि वार्ता हुने भएको छ । सम्भवत: आजै सम्झौता गर्ने तयारी छ । मन्त्रालयसँग भएको सहमतिलाई मन्त्रिपरिषद्ले अनुगमद गरेपछि वार्ता टुंगिने छ ।

वार्ताको नेतृत्व सरकारका तर्फबाट शिक्षामन्त्री रघुजी पन्तले गरेका छन् । महासंघको तर्फबाट अध्यक्ष लक्ष्मिकिशोर सुवेदी सहितको टोली छ । शिक्षकको सेवा सुविधाको विषयमा मन्त्रिपरिषद्ले निर्णय गरेमा आन्दोलनको मोडालिटी परिवर्तन गर्न महासंघ तयार छ ।

सरकार र महासंघले बीचको बाटो अपनाएर सहमतिको प्रयास गरिरहेको वार्तामा सहभागी एक सदस्यले बताए ।

शिक्षामन्त्री रघुजी पन्त पनि वार्ताको माध्यमबाट समाधान खोज्न लागिपरेका छन् । हिजो बसेको मन्त्रिपरिषद बैठकले पनि शिक्षकसँग वार्ता गर्न मन्त्री पन्तलाई नै जिम्मेवारी दिएको छ ।

सरकारसँग वार्तामा बस्नुअघि महासंघको पनि बैठक बसेको थियो । सरकारले गर्ने निर्णय गरेमा र ऐन जारी गर्ने सुनिश्चितता गरेमा आन्दोलनको मोडालिटी परिवर्तन गर्न महासंघ तयार भएको छ । त्यही कारण महासंघ वार्तामा बस्दा लचक भएर प्रस्तुत भएको हो ।

विद्यालय शिक्षा ऐन ल्याउन माग गर्दै सामुदायिक विद्यालयका शिक्षकहरू गत चैत २० देखि निरन्तर आन्दोलनमा छन् ।