३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar संघर्षका सात बर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल News Polar स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

भङ्गेटारको काङ्साहोप तालमा डुङ्गा परीक्षण

भङ्गेटारको काङ्साहोप तालमा डुङ्गा परीक्षण
अ+ अ-

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका स्थानीय बासिन्दाले निर्माण गरेको काङ्साहोप तालमा डुङ्गा परीक्षण सफल भएको छ । बन्दाबन्दीको समयमा खार्मीका २२ घर स्थानीय बासिन्दाले भङ्गेटारमा निर्माण गरेको तालमा परीक्षण गरिएको काठको डुङ्गा सफल भएको हो ।

कृत्रिम तालमा डुङ्गा परीक्षण सफल भएसँगै यही साउन १९ गते पर्ने धान्यपूर्णिमाको अवसर पारेर व्यवस्थित र व्यावसायिकरूपमा सञ्चालन गर्ने तयारी गरिएको ताल निर्माण उपभोक्ता समितिका सचिव दीपककुमार तामाङले बताउनुभयो । “तालमा परीक्षणमा काठको सानो डुङ्गा सफल भएको छ । यसबाट हामीलाई उत्साह मिलेको छ”, उहाँले भन्नुभयो, “काठकै अलि ठूला–ठूला डुङ्गा तयार पारेर व्यावसायिकरूपमा चलाउने तयारी गरिरहेका छौँ ।”

काङ्साहोप तालमा रमिता हेर्ने र घुमफिर गर्ने स्थानीय आउन थालेपछि व्यावसायिकरूपमा डुङ्गा सञ्चालन गर्ने तयारी थालिएको सचिव तामाङले बताउनुभयो । काङ्साहोप, बाँझोबारी, रमितेडाँडालगायत स्थानको पर्यटन प्रवद्र्धन गर्न स्थानीय बासिन्दाले चन्दा उठाएर करिब रु पाँच लाख पाँच हजारको खर्चमा कृत्रिम ताल निर्माण गरेका हुन् । 

जमिन रिचार्ज गर्नेदेखि तल्ला क्षेत्रमा सिँचाइ गर्न मिल्ने गरी निर्माण गरिएको एल आकारको ताललाई डुङ्गा शयर गर्ने स्थलको रूपमा समेत उपयोग गर्ने तयारी थालिएको छ । नियमित पानी पलाउने मुहान भएको सानो खाल्डोलाई स्काभेटर प्रयोग गरेर फराकिलो बनाएर तालको आकार दिइएको हो । 

तालसम्म पुग्नका लागि कच्ची सडक बनिसकेको छ । तामाङ भाषामा मट्याङ्ग्रा बनाउने माटोलाई ‘काङ्सा’ र खाल्डोलाई ‘होप’ भनिन्छ । सो स्थानको खाल्डोमा मट्याङ्ग्रा बनाउने माटो पाइने र झिक्ने गरेकाले सो स्थानलाई काङ्साहोप ताल भनिएको स्थानीय बासिन्दाको भनाइ छ । ताल निर्माण गरिएको ठाउँमा यसअघि नै खाल्डो थियो । बाह्रै महिना पानी उम्रिने खाल्डोमा मेसिन लगाएर फराकिलो बनाएर तालको रूप दिइएको हो ।

टाढाबाट पानको पातको आकृति देखिने तालमा नजिकैको खोदुखोलाको पानी पनि ल्याएर हालिएको छ । काङ्साहोप तालबाट पश्चिममा रहेको रमितेडाँडा वा रमितेढुङ्गा घुमफिरका लागि चर्चित छ । समुद्री सतहदेखि करिब एक हजार ७०० मिटर उचाइमा रहेको काङ्साहोप तालबाट टाढा–टाढाका मनोरम दृश्यावलोकन गर्न सकिन्छ । बाँझोबारीबाट सिधै काङ्साहोप ताल पुग्ने छोटो दूरीको सडक निर्माण गर्न सके बाँझोबारी र काङ्साहोप तालको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने स्थानीय बासिन्दाको अपेक्षा छ । 

बजेट प्राप्त भए तालको क्षेत्रफल थप बढाउन सकिने सचिव तामाङले बताउनुभयो । ताल निर्माणका क्रममा सङ्कलन गरिएको रकममध्ये रु दुई लाख ७५ हजार स्काभेटर सञ्चालकलाई दिइएको र बाँकी रहेको रकम चालक, सहचालक तथा श्रमदानमा सहभागीको खानाखाजामा खर्च गरिएको जनाइएको छ । यस वर्ष तालको रूपमा विकास गरिएको उक्त ठाउँमा गत वर्ष वडा कार्यालयबाट रु तीन लाख ५० हजारमा ड्याम निर्माण गरिएको थियो । निर्माण सम्पन्न गरेर फरफारक गरेको केही समयमै उक्त ड्याम फुटेको थियो ।