२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष 
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले संसदिय दलको यस्तो छ ४ बुँदे निष्कर्ष



file
अ+ अ-

काठमाडौं । नेकपा एमालेले बिचाराधिन बिधयेकहरुलाई गुणस्तरीय कानुन बनाउने गरि छिटोभन्दा छिटो निष्कर्ष निर्णय गरेका छ ।

नेकपा एमाले संसदिय दलको आज बसेको बैठकमा संसदिय दलको नेता तथा प्रधानमन्त्री केपी ओलीले दलका सम्पुर्ण सदस्यहरुलाई निर्देशन दिदै संसदिय काम र जिम्मेवारीलाई मुख्य प्राथमिकतामा राखी कुसलता र सक्रियताका साथ सम्पादन निर्देशन दिनु भएको छ ।

मुख्य सचेतक महेश बर्तौलाका अनुसार बैठकले मुलुकको राष्ट्रियता, स्वाधीनता, सार्वभौमिकता, राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहिष्णुता प्रति सदैव चनाखो रहदै जनसरोकार र राष्ट्रिय महत्त्वका निति ,योजना र बिषयहरुलाई संसद मार्फत सशक्त ढंगले उठान गर्ने निर्णय गरेको छ ।

यसैगरी संसदमा छलफलमा रहेको बिद्यालय शिक्षा बिधयेक, संघीय निजामती बिधयेक लगायत र अन्य बिचाराधिन बिधयेकहरुलाई गुणस्तरीय कानुन बनाउने गरि छिटोभन्दा छिटो निष्कर्षमा पुर्याउन नेकपा एमाले संसदिय दल र सदस्यहरुले प्रभावकारी पहलकदमी लिने निर्णय गरेको छ ।

बैठकले संसदमा हुन सक्ने संसदिय मुल्य मान्यता , संस्कृती र नियमावली बिपरित सत्यलाई असत्यले छोप्ने प्रवृत्ति र क्रियाकलापहरुको विपक्षमा सदैव उभिदै संसदलाई स्वच्छ, मर्यादित र सिर्जनशील तथा रचनात्मक बहसको थलोको रुपमा स्थापित गर्दै अगाडी बढाउन जिवन्त भुमिका निर्वाह गर्ने निर्णय गरेको छ ।