१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज ईपीएलमा अन्तिम दिन, दुई ठूला निर्णय हुन बाँकी



अ+ अ-

लन्डन । आज आइतबार इंग्लिस प्रिमियर लिगमा सिजनको अन्तिम दिनको खेल हुँदैछ । अहिलेसम्म लिभरपुलले लिग जित्ने र म्यानचेस्टर सिटी दोस्रो स्थानमा रहने निश्चित भइसकेको छ । यस्तै नरविच रेलिगेसनमा पर्ने पनि निश्चित भइसकेको छ ।

तर युरोपेली फुटबलका लागि छनोट हुने र रेलिगेसनमा पर्ने थप दुई टिमको निर्णय हुन बाँकी छ र त्यो आइतबार पूरा हुनेछ । शीर्ष चार स्थानका लागि तीन टिमले संघर्ष गरिरहेका छन् र ती हुन्, चेल्सी, लेस्टर सिटी र म्यानचेस्टर युनाइटेड ।

यसमध्ये म्यानचेस्टर तेस्रो स्थानमा छ र उसले लेस्टर सिटीविरुद्ध कम्तीमा हार रोक्ने हो भने उसको भाग्य खुल्छ । अन्तिम सबै १० खेल एकै समय हुनेछ र त्यो नेपाली समय अनुसार राति ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।