२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुलेका पर्यटकीय स्थल पर्यटकको पर्खाइमा (फोटो फिचर)



पोखराको लेखनाथस्थित बेगनास तालबाट शुक्रबार बिहान देखिएको सूर्योदयको दृश्य ।
अ+ अ-

काठमाडौं । वायु प्रदूषणका कारण केही दिनअघिसम्म धुम्म बनेका पर्यटकीय क्षेत्र अहिले खुलेका छन् । हिमालदेखि तराईसम्मकै पर्यटकीय स्थल अहिले मनमोहक देखिन्छन् ।

सरकारले वार्षिक १८ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । यसका लागि पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नुपर्ने हुन्छ । अहिले पर्यटकीय गन्तव्यहरुका राम्रोसँग प्रचार हुन सकेको छैन ।

त्यसो त पछिल्ला दिनमा आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ । यसले पर्यटकीय गतिविधिमा भने केही सहज बनाएको छ ।

नेपालका कयौं पर्यटकीय स्थलहरु छन् । नेपालका जस्ता पर्यटकीय स्थल विश्वका अन्य ठाउँमा सायदै पाइन्छन् । राससले खिचेका केही पर्यटकीय स्थलका तस्बिर तपाईंका लागि ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ स्थित थामेगाउँ । गत वर्ष साउनमा हिमताल फुटेर आएको बाढीले क्षतिग्रस्त थामेका संरचनाहरु पुनर्निर्माणका कार्य जारी छ ।मुस्ताङको जोमसोम विमानस्थलबाट पोखरातर्फ उड्दै गरेको जहाज र पृष्ठभूमिमा निलगिरि हिमाल।

हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकास्थित अन्नपूर्ण हिमशृङखलाको पृष्ठभूमिमा चामे–खाङसार सडकखण्ड । सडक निर्माणसँगै स्थानीय तथा पर्यटकलाई आवतजावतमा सहज भएको छ ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा अवस्थित तेन्जिङ –हिलारी विमानस्थल ‘लुक्ला’ । सगरमाथा आरोहण तथा खुम्बुक्षेत्र भ्रमणका लागि ‘लुक्ला’ व्यस्त विमानस्थलको रुपमा रहेको पाइन्छ ।
मुस्ताङको थासाङ गाउँपालिका–५ स्थित टिटि ताल र आसपासका दृश्य । पर्याप्त प्रचारप्रसारको कमीले गर्दा टिटि तालमा सोचेजस्तो पर्यटक पुग्न सकेको छैन । स्थानीय निकाय, जिल्लास्थित सरोकारवाला निकाय र गाउँलेहरुले प्रचारप्रसारका लागि आवश्यक पहल गरेमा आन्तरिक तथा बाह्य पर्यटक यहाँसम्म पुग्न सक्नेछन्।
सुनसरीको इनरुवा नगरपालिका-९ स्थित किसानको खेतमा आहाराको खोजीमा रहेका बकुल्लाका बथान ।