३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar संघर्षका सात बर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल News Polar स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

थप १३० जनामा कोरोना संक्रमण, कहाँ कति थपिए संक्रमित ?

थप १३० जनामा कोरोना संक्रमण, कहाँ कति थपिए संक्रमित ?
अ+ अ-

काठमाडौं । आइतबार नेपालमा कोरोना भाइरस (कोभिड—१९) का १ सय ३० जना नयाँ संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ३ हजार ३ सय जनाको पीसीआर परीक्षण भएकोमा १ सय ३० जनामा कोरोना पोजेटिभ देखिएको हो । प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजसम्म देशभरी १८ हजार ६ सय १३ जना कोरोना संक्रमित पुगेका छन । जसमा आजसम्म जम्मा १३ हजार १ सय २८ जना निको भएर घर फर्किएका छन । आइतबार ७५ जना संक्रमित निको भएर घर फर्किएका छन् । प्रवक्ता डा. गौतमका अनुसार आजसम्म प्रदेश नम्बर १ मा ७ सय ५५, प्रदेश नम्बर २ मा २ हजार ९ सय ४४, बागमती प्रदेशमा ४ सय ६८ र गण्डकी प्रदेशमा  १ हजार १ सय ५१ जना निको भएर घर फर्किएका छन । यस्तै प्रदेश नम्बर ५ मा ३ हजार ९ सय ३, कर्णाली प्रदेशमा १ हजार ५ सय ८५ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय २ जना डिस्चार्ज भएका छन् ।

अहिले देशभरी ५ हजार ४ सय ४० जना सक्रिय संक्रमित रहेका छन् । प्रदेश नम्बर १ मा १ सय ८६, प्रदेश नम्बर २ मा १ जहा ८ सय ७३, बागमती प्रदेशमा ४ सय ४४ र गण्डकी प्रदेशमा २ सय ९४ जना आइसोलेसनमा उपचाररत रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा  ३ सय ५८, कर्णाली प्रदेशमा  ३ सय ६७ र सुदूरपश्चिम प्रदेशमा  १ हजार ९ सय १८ जना संक्रमित उपचाररत रहेका छन् ।

आइतबार प्रदेश नम्बर १ मा २ हजार ९३, प्रदेश नम्बर २ मा २ हजार ७ सय ४७, बागमती प्रदेशमा १ हजार २ सय ९४ र गण्डकी प्रदेशमा ३ हजार ४ सय ४९ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा २ हजार ५ सय ३९, कर्णाली प्रदेशम ९ स ४८ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ८ सय ३३ जना क्वारेन्टिनमा रहेका छन् । 

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार सबैभन्दा धेरै मोरङमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै दैलेखका २५, अछामका १४, काठमाडौं र इलामका ८र८ जना, बर्दियाका ६ र पर्साका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

कास्की, रोल्पा, सुर्खेत र बाजुरामा ३र३ जना, सुनसरी, महोत्तरी, नवलपुर, सोलुखुम्बु, गोरखा र बाँकेमा २र२ जना तथा झापा, सिराहा, उदयपुर, धनुषा, दाङ, नुवाकोट, रौतहट, मकवानपुर, बारा, रुपन्देही, अर्घाखाँची, जुम्ला र कञ्चनपुरमा एकएक जना संक्रमित थपिएका छन् ।