१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन

कांग्रेसको १४औं महाधिवेशनः नेतृत्वका लागि आन्तरिक लबिङ तीव्र

कांग्रेसको १४औं महाधिवेशनः नेतृत्वका लागि आन्तरिक लबिङ तीव्र
अ अ+ अ-

काठमाडौं । कोभिड— १९ का कारण करिब चार महिना ठप्प प्रमुख प्रतिपक्षी कांग्रेसको आन्तरिक राजनीतिक लकडाउन खुकुलो भएसँगै गर्माएको छ। पार्टीको १४औं महाधिवेशन फागुनमै गर्ने गरी असार तेस्रो साता बसेको केन्द्रीय समिति बैठकले आन्तरिक कार्यतालिका परिमार्जन गरेपछि कांग्रेसमा चुनावी सरगर्मी एकाएक चुलिएको हो। नेताबीच भेटघाट र छलफल बाक्लिएका छन् भने अनौपचारिक गुटगत भेला पनि हुन थालेका छन्। कांग्रेसको भावी नेतृत्वका लागि शीर्ष तहका नेताले सार्वजनिक रूपमै उम्मेदवारी घोषणा भने गरिसकेका छैनन्। सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा। शेखर कोइरालाले सभापति पदका लागि लबिङ व्यापक बनाएका छन् भने केन्द्रीय सदस्य गगन थापा पनि युवा नेताका साथ पाए सभापतिमा लड्ने बताउँदै आएका छन्।

संस्थापन पक्षबाट देउवा र निधि मात्रै आकांक्षी छन् भने पौडेल समूहबाट भने करिब आधा दर्जन नेताले नेतृत्वका लागि सक्रियता बढाएका छन्। १३औं महाधिवेशनमा देउवासँग सभापतिमा पराजित वरिष्ठ नेता पौडेलसँगै, महामन्त्री कोइराला, पूर्वमहामन्त्री सिंह, केन्द्रीय सदस्य शेखर कोइरालाले नेतृत्वका लागि दाबी गर्दै आएका छन्। पौडेल समूहकै नेता डा। रामशरण महत पनि पार्टीमा आफू वरिष्ठ भएकाले नेतृत्वका लागि स्वाभाविक दाबेदार भएको बताउँदै आएका छन्। तेस्रो धारको नेतृत्व गर्दै आएका नेता सिटौला भने आसन्न महाधिवेशनमा कुनै एक समूहसँग मिलेर चुनावमा जाने रणनीतिमा छन्।

देउवा र पौडेलका लागि १४औं महाधिवेशन अन्तिम अवसर भएकाले फेरि दुईबीच चुनावी प्रतिस्पर्धा हुने धेरैको आकलन छ। उमेरका हिसाबले पनि दुवै नेताको लागि यो अन्तिम पटक हो। देउवा ७४ वर्ष पुगे भने पौडेल ७५ उपसभापति निधिले पनि नेतृत्वका लागि तयारी गरेका छन्। तर, उनले सभापति देउवासँगको छलफलपछि मात्रै निर्णयमा पुग्ने बताए। देउवा नै सभापतिमा दोहोरिन खोजे आफू उम्मेदवार नबन्ने निधिले निकट नेतासँग बताउने गरेका छन्। १३औं महाधिवेशनमा नेतालाई व्यवस्थापन गर्न नसक्दा पराजय भोगेको पौडेल समूहलाई अहिले पनि सहज छैन। पौडेल समूहमा राम्रो प्रभाव रहेको कोइराला परिवारका दुई नेता शशांक र शेखर आफैं नेतृत्वका लागि दौडमा छन् भने पूर्वमहामन्त्री सिंह पनि सजिलै ब्याक हुने अवस्थाामा छैनन्। पौडेलले ६ महिनाअघि नै अनामगरमा सम्पर्क कार्यालय खोलेर नेता कार्यकर्तासँग भेटघाट सुरु गरिसकेका छन्।

महामन्त्री कोइरालाले महाराजगन्जस्थित निवासमा नेता कार्यकर्ताको चहलपहल बाक्लिएपछि नजिकै अर्को घरलाई महाधिवेशन प्रयोजनका लागि खाली गराएका छन्। उनको घरमा संस्थापन र इतर समूहका नेताको बाक्लो भीडभाड हुन थालेको छ। उनले सबै नेतासँगको सल्लाहमा उम्मेदवारी दिनबारे निर्णय गर्ने बताए। पूर्वमहामन्त्री सिंहले चाक्सीबारीस्थित निवासलाई सम्पर्क कार्यालय बनाएका छन्। केन्द्रीय सदस्य शेखर कोइरालाले १३औं महाधिवेशनकै बेलामा अनामनगरमा सम्पर्क कार्यालय बनाएको घरलाई नै अहिले निरन्तरता दिएका छन्। सिटौलाले चण्डोलमा तीन दिनअघि सम्पर्क कार्यालय खोलेका छन्। सभापति देउवाले पनि निवास बूढानीलकण्ठमै भेटघाट गर्दै आएका छन् भने उपसभापति निधिले पनि छुट्टै कार्यालय खोलेका छैनन्।

कांग्रेसले फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। क्रियाशील सदस्यता वितरणको काम सुरु भएको छ। कोभिड—१९ को असर र मौसमका कारण भने समयमा नहुने आशंका छ। पार्टी विधानअनुसार चार वर्षमा महाधिवेशन हुनुपर्ने प्रावधान छ।

जोशीको कारबाहीप्रति नेता असन्तुष्ट

केन्द्रीय अनुशासन समितिले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, महासमिति सदस्य पुष्करनाथ ओझा र डँडेलधुरा पार्टी कार्यालय सचिव रामबहादुर विष्टलाई गरेको कारबाहीप्रति नेताले असन्तुष्टि जनाएका छन्। नेताले अनुशासन समितिको निर्णयप्रति असन्तुष्टि जनाउँदै कारबाही प्रक्रिया गलत भएको टिप्पणी गरेका छन्। कांग्रेस केन्द्रीय सदस्य डा। शेखर कोइरालाले पार्टीमा लामो समय योगदान दिएका नेतालाई कारबाही गर्ने तर अन्य पार्टीबाट प्रवेश गराउने कुराले गलत सन्देश जाने बताए। ‘एकातिर हामी अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गराउँदैछौं अर्कोतिर जीवन नै पार्टीमा व्यतीत गरेका वरिष्ठ नेताहरूलाई पार्टीबाट निष्कासन गर्छौं’, उनले प्रश्न गरे, ‘यसले पार्टी र कार्यकर्तामा के सन्देश जान्छ ? ’

नेता कोइरालाले अनुशासन समितिको कारबाहीलाई आधारहीन र मनगढन्ते भएको दाबी गरे। ‘गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई कांग्रेस पार्टीबाट निष्कासन गरिनु दुर्भाग्य हो’, उनले ट्विटरमा लेखेका छन्, ‘उहाँहरूले पार्टी र लोकतन्त्रका पक्षमा बगाउनुभएको रगत पसिनाको अवमूल्यन गर्ने काम भएको छ।’ समितिले दुई वर्षअघि सम्पन्न संघीय निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार हराउन भूमिका खेलेको भन्दै पूर्वमन्त्री जोशी र पूर्वराज्यमन्त्री ओझालाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो। विष्टलाई तीन वर्षका लागि कारबाही गरेको विज्ञप्तिमार्फत जनाएको थियो। कांग्रेस नेता डा. मीनेन्द्र रिजालले पनि नेताहरूलाई पार्टीबाट निष्कासन गर्ने निर्णयले लोकतन्त्रलाई कमजोर बनाउने दाबी गरे। अन्नपुर्णपोष्ट दैनिक