१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौंमा एकै परिवारका पाँच जनामा कोरोना संक्रमण पोजिटिभ

काठमाडौंमा एकै परिवारका पाँच जनामा कोरोना संक्रमण पोजिटिभ
अ अ+ अ-

काठमाडौं । महाबौद्धका एक व्यवसायीको परिवारका पाँच सदस्यमा कोरोना भाइरस पोजिटिभ पाइएको छ।  स्वास्थ्य क्षेत्रका अधिकारीले भारतको सीतामडीबाट माइत आएकी युवतीबाट अन्यमा कोरोना सरेको हुन सक्ने आशंका गरेका छन्।  सीतामडीमा विवाह गरेकी युवती लकडाउन खुलेपछि वीरगन्ज हुँदै काठमाडौं आएको स्रोतले बतायो।  पर्सा घर भई महाबौद्धमा बस्ने ती व्यवसायीको विस्तृत परिचय खुलाइएको छैन। उनको घरपरिवारका सबै सदस्यको पीसीआर परीक्षण गरिएको थियो।  उनीहरू शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको पुष्टि गरेको छैन। 

शुक्रराज अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले एकै परिवारका पाँच सदस्यलाई कोरोना संक्रमण भएको पुष्टि गरे।  माइत आएका बेला परिवारका अन्यमा संक्रमण भएको हुन सक्ने डा. राजभण्डारीले बताए।  नाति, नातिनीसहित हजुरबुवा, हजुरआमा, आमालाई पनि संक्रमण पुष्टि भएपछि शुक्रबार र आइतबार अस्पतालमा भर्ना गरिएको हो।  उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ। 

डा. राजभण्डारीका अनुसार कोरोना पुष्टि भएकामध्ये एक जनामा डेंगुको लक्षणसमेत देखिएको छ।  ‘स्वास्थ्य अवस्था सामान्य छ।  दुई जनामा सामान्य खोकी छ।  अन्य लक्षण देखिएको छैन’, डा. राजभण्डारीले भने। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का निर्देशक डा. वासुदेव पाण्डेले परिवारका सबै सदस्यमा कोरोना संक्रमण देखिँदा जोखिमको संकेत देखापरेको बताए।  ‘परिवारका सबै सदस्यमा कोरोना संक्रमण देखिएपछि सबै जना झन् बढी सतर्क र सजग हुनुपर्छ’, उनले भने, ‘हेलचेक्र्याइँ गर्नुभएन।  कोरोना नियन्त्रणमा चुनौती बढ्छ। ’

परिवारका सबै सदस्यमा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो घटना हो।  यसअघि बाँकेमा एकै परिवारका दुई जनामा कोरोना देखिएको थियो।  नेपालमा माघ ९ गते पहिलो संक्रमण फेला परेको थियो।  परिवारका सबै सदस्यमा संक्रमणले समुदायमा फैलिने सम्भावना प्रबल देखिएको एक जनस्वास्थ्यविद्ले बताए। नेपालमा संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ।  यीमध्ये १३ हजार १ सय २८ जना निको भएका छन्।  कोरोनाबाट ४५ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ। अन्नपुर्णपोष्ट दैनिक