१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युभेन्टस लगातार नवौं पटक ‘सिरी ए’ च्याम्पियन



अ+ अ-

टुरिन । युभेन्टसले आइतबार लगातार नवौं पल्ट इटालीको ुसिरी एु उपाधि जितेको छ । क्रिस्टियानो रोनाल्डोको गोलमा युभेन्टसले साम्पडोरियालाई २–० ले हरायो । यो जितपछि टुरिन क्लबको ८३ अंक भएको छ र यो दोस्रो स्थानमा रहेको इन्टर मिलानमाथि निर्णायक सात अंकको अग्रता हो ।

लिगमा दुई चरणको खेल मात्र हुन बाँकी रहँदा अब कसैले युभेन्टसई उछिन्न सक्ने छैन । युभेन्टसका प्रशिक्षक मउरिजो सारीले पनि आफ्नो व्यावसायिक जीवनको पहिलो ठूलो उपाधि जितेका छन् । रोनाल्डोले ४५ औं मिनेटमा युभेन्टसका लागि पहिलो गोल गरे र यो उनको लिगमा ३१ औं गोल रह्यो ।

रोनाल्डोको सुरुवाति प्रहार साम्पडोरियाका इमिल अडेरोले रोकेयता फर्केको बलमा फेरिको बर्नाडेसीले दोस्रो गोल थपे । पोर्चुगाली स्टार ८९ औं मिनेटमा पेनाल्टीबाट गोल गर्न भने चुके । आइतबारका अन्य दुई प्रमुख खेलमा लाजियोले भेरोनालाई ५–१ र रोमाले फियोरेन्टिनालाई २–१ ले हरायो ।