१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त

‘घुस लिने शैली बदलिएको छ’

‘घुस लिने शैली बदलिएको छ’
अ अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले पछिल्लो समय घुस लिने र दिने प्रकृति नै बदलिएको बताए। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले आइतबार आयोगका पदाधिकारीसँग गरेको छलफलमा उनले अख्तियारको सक्रियताका कारण घुस्याहाहरूले विभिन्न विधि अपनाउन थालेको बताएका हुन्। ‘ अहिले घुस लिने प्रकृतिमा बदलाव आएको छ, छिमेकी राष्ट्रमा गएर पैसा लिने प्रकृतिसमेत देखिएको छ’, प्रमुख आयुक्त घिमिरेले भने, ‘अर्काको नाममा खोलिएको बैंकमा पैसा जम्मा गर्न लगाउने र भौचर घुस लिने प्रकृति पनि देखिएको छ।’

अनुसन्धानका क्रममा कसैमाथि पक्षपात नगरेको घिमिरेले प्रष्ट पारे। ‘हाम्रा लागि सामान्य नागरिक र ठूला व्यक्ति उस्तै हुन्, उनीहरूका समस्या पनि उस्तै हुन्’, उनले भने, ‘हामीले अनुसन्धानका क्रममा आफ्ना नातेदार पनि छाडेका छैनौं।’ अख्तियारको सक्रियताका कारण भष्टाचार बढेको जस्तो देखिएको समेत प्रमुख आयुक्त घिमिरेले बताए।छलफलमा सांसदहरूले आयोगका पदाधिकारीलाई प्रश्नसँगै सुझावसमेत दिएका छन्। वार्षिक प्रतिवेदनमाथि भएको छलफलमा सांसद अमरशेकुमार सिंहले अख्तियारले चाहेमा नेपाललाई तीन महिनाभित्रै भ्रष्टाचारमुक्त गराउन सक्ने दाबी गरे। ‘हामी गणतन्त्र भन्छौं तर यसलाई लुटतन्त्रभन्दा पनि फरक पर्दैन, शाब्दिक अर्थमात्र फरक हो’, उनले भने, ‘साना माछा जहिले पनि समातिन्छन् तर ठूला माछा कहिल्यै समातिएको देखिएन, यहाँ अख्तियारको क्षमतामाथि प्रश्न छैन, नियतमाथि प्रश्न छ।’ अर्की सांसद पम्फा भुसालले साना कामभन्दा ठूला काममा जोड दिन अख्तियारलाई सझाव दिइन्।

‘मूल सफा गरेपछि धारा सफा गरिरहनु पर्दैन’, उनले भनिन्, ‘एउटा राम्रो एक्सन लिनुभयो भने हजार वटा साना काम नगर्दा पनि हुन्छ, ठूला माछा भन्ने छ नि, त्यसलाई हेर्नुस्।’ यशोदा सुवेदी गुरुङले नीतिगत भ्रष्टाचारलाई रोके जस्तोसुकै भ्रष्टाचार पनि रोक्न सकिने बताइन्। ‘प्रष्ट देखिने नीतिगत भ्रष्टाचार हुँदा पनि हामी चुप लागेर बस्ने यसो भएपछि कुरा साना माछामा मात्रै केन्द्रित हुने भयो’, उनले भनिन्, ‘हाम्रो समाज नै भ्रष्टाचारलाई मलजल गर्नतिर लाग्यो कि हाम्रो व्यवहार भ्रष्टाचारप्रति नरम छ।’ सांसद झपड रावलले हाम्रो चिन्तन परिवर्तन नभए अख्तियारले मात्र भ्रष्टाचार रोक्न नसक्ने बताए। ‘पहिलो दोष अख्तियार अनुसन्धान आयोगको हो भन्ने लाग्दैन, हाम्रो समाज र राम्रो चिन्तनको मुख्य दोष हो’, उनले भने, ‘सबैभन्दा ठूलो भ्रष्टाचार राजनीतिक क्षेत्रमा छ, त्यसैले अकुत सम्पत्ति कमाएकालाई समाजले बहिष्कार गर्नैपर्छ।’

सांसदका प्रश्नहरूको जवाफ दिँदै आयुक्त सावित्री गुरुङले कानुन बनाएर अख्तियारलाई बलियो बनाउन आग्रह गरिन्। ‘हामीले ठूला माछा समाउन सकेका छैनौं होला, यसको कारण यहाँहरूलाई थाहै छ, हामीले आफूले सकेको गरेकै छौं’, उनले भनिन्, ‘एउटा अख्तियारले मात्रै देशभरको भ्रष्टाचार रोक्न सक्दैन, यसमा तपाईं हामी सबैको सहयोग चाहिन्छ।’ यस्तै, आयुक्त डा. गणेशराज जोशीले झुटा उजुरी दिएर फसाउन खोज्नेका विरुद्ध पनि अख्तियारले कारबाही गरिरहेको बताए। ‘झुटा उजुरी दिने पनि छन्, त्यस्ता झुटा उजुरी दिने मान्छेलाई हामीले कारबाहीको दायरामा ल्याएका छौं’, उनले भने, ‘झुटा उजुरी आए भने हामी प्रारम्भिक अवस्थामै थाहा पाउँछौं, त्यस्ता उजुरी अघि बढ्दैनन्।’ सांसदले गरेको प्रश्नको जवाफ दिँदै आयुक्त जोशीले अख्तियारको नियुक्तिमा हुने भागबन्डा प्रणाली सुधार गर्नुपर्ने बताए। ‘यो प्रणाली नै यस्तै छ, कसैले न कसैले रिकमेन्डेसन नगरी हुँदै नहुने भइयो’, उनले भने। अन्नपुर्णपोष्ट दैनिक