१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

आईपीएलमा आज बेंगलुरु र राजस्थान खेल्दै, राजस्थानको कप्तानी रियान परागले सम्हाल्ने

आईपीएलमा आज बेंगलुरु र राजस्थान खेल्दै, राजस्थानको कप्तानी रियान परागले सम्हाल्ने
अ अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को ४२ औं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र राजस्थान रोयल्स (आरआर) भिड्दैछन् । बेंगलुरुको एम चिन्नास्वामी स्टेडियममा हुन लागेको खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजेबाट सुरु हुनेछ । आरसीबीले यस सिजनमा अहिलेसम्म आफ्नो घरेलु मैदानमा ३ खेल खेलेको छ र ती सबैमा हार बेहोरेको छ।

८ खेलमध्ये ५ खेल जितेर बेंगलुरुको १० अंक छ । राजस्थानको ८ खेलमा दुई जितसहित केवल ४ अंक छ ।

हेड-टु-हेड

यस सिजनमा दुवै टोली दोस्रो पटक आमनेसामने हुँदैछन् । पछिल्लो खेलमा आरसीबीले आरआरलाई उसकै घरेलु मैदानमा ९ विकेटले पराजित गरेको थियो ।

आईपीएलको इतिहासमा भने अहिलेसम्म आरसीबी र आरआर बीच ३२ खेल खेलिएका छन् । यसमा आरसीबीले १६ खेल जितेको छ भने आरआरले १४ खेल जितेको छ। जबकि २ खेल अनिर्णीत रहे । बेंगलुरुको घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा दुई टोलीबीच अहिलेसम्म ९ खेल खेलिएको छ । जसमा बेंगलुरुले ३ र राजस्थानले ४ खेल जितेको छ । तर, २ खेलको नतिजाबिहिा रह्यो ।

कोहली उत्कृष्ट फर्ममा

आरसीबीका ब्याट्सम्यान विराट कोहली टोलीका सर्वाधिक रन स्कोरर हुन् । उनले ८ खेलमा ३२२ रन बनाएका छन् । यस अवधिमा उनले ४ अर्धशतक बनाएका छन् । उनी बाहेक टोलीका कप्तान रजत पाटीदार र ओपनर फिल साल्ट पनि राम्रो लयमा छन् । रजतले ८ खेलमा २२१ रन बनाएका छन् भने साल्टले २१३ रन बनाएका छन् ।

बलिङमा जोश हेजलवुड टोलीका सर्वाधिक विकेट लिने बलर हुन् । उनले ८ खेलमा १२ विकेट लिएका छन् । क्रुणाल पाण्ड्या दोस्रो नम्बरमा छन् । उनले ८ खेलमा १० विकेट लिएका छन् ।

यशस्वी आरआरका सर्वाधिक रन स्कोरर

राजस्थानको टोली खराब लयसँग संघर्ष गरिरहेको छ । टोलीका लागि ओपनर यशस्वी जयस्वाल सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ८ खेलमा ३०७ रन बनाएका छन् । टोलीका सर्वाधिक विकेट लिने बलर वानिन्दु हसरंगा हुन् । हसरंगाले ६ खेलमा ९ विकेट लिएका छन् ।

राजस्थानका कप्तान स्यामसनले आजको खेल गुमाउने
राजस्थान रोयल्सका कप्तान संजु स्यामसन आजको खेलबाट बाहिरिएका छन् । पेटको चोटका कारण स्यामसनले शनिबार जयपुरमा लखनऊ सुपर जायन्ट्स विरुद्धको खेल पनि गुमाएका थिए । उनको स्थानमा रियान परागले टोलीको कप्तानी सम्हाल्नेछन् ।

दुवै टोलीको सम्भावित प्लेइङ–१२

रोयल च्यालेन्जर्स बैंगलोरः रजत पाटीदार (कप्तान), फिल साल्ट, विराट कोहली, देवदत्त पडिक्कल, लियाम लिभिङस्टोन, जितेश शर्मा (विकेटकीपर), क्रुणाल पाण्ड्या, टिम डेभिड, भुवनेश्वर कुमार, जोस हेजलवुड, यश दयाल, सुयश शर्मा।

राजस्थान रोयल्सः रियान पराग (कप्तान), यशस्वी जैसवाल, शुभम दुबे, नितिश राणा, ध्रुव जुरेल (विकेटकिपर), शिमरोन हेटमायर, वानिन्दु हसरंगा, जोफ्रा आर्चर, महेश थेक्षाना, सन्दीप शर्मा, तुषार देशपाण्डेरआकाश माधव्वाल, आकाश माधववाल।