१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहलगाम आतंकवादी हमलामा संलग्न तीन आतंककारीहरूको स्केच जारी



अ+ अ-

एजेन्सी । भारतको जम्मू कश्मीरको पहलगाममा मंगलबार भएको आतंकवादी आक्रमणमा करिब २६ निर्दोषले ज्यान गुमाए ।

यस आतंकवादी हमलापछि, आज अर्थात् बुधबार, यस भयानक नरसंहारमा संलग्न ३ आतंककारीहरूको स्केच जारी गरिएको छ । यस भयानक आतंकवादी हमलामा आसिफ फौजी, सुलेमान शाह र अबु तल्हा संलग्न रहेको आशंका गरिएको छ ।

पहलगाममा भएको आतंकवादी हमलापछि विभिन्न संघहरूले आह्वान गरेको कश्मीर उपत्यकामा पूर्ण बन्दलाई ध्यानमा राख्दै जम्मू कश्मीरको राजौरी जिल्लाका सबै सरकारी र निजी विद्यालयहरू आज बन्द गरिएको छ ।

मंगलबार आतंककारीहरूले पहलगाममा पर्यटकहरूमाथि आक्रमण गरेका थिए । यस भयानक नरसंहारमा लगभग २६ निर्दोष पर्यटकले ज्यान गुमाए । यो भयानक आतंकवादी हमलापछि भारतीय सुरक्षा बलले आतंककारीहरूलाई पक्रन व्यापक खोजी अभियान सुरु गरेको छ ।