२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अप्रिलको पलेँटीमा संगीता प्रधान



अ+ अ-

काठमाडौं: सन् २००५ देखि सञ्चालनमा आएको सांगीतिक पलेँटीमा संगीता राना प्रधान प्रस्तुत हुने भएकी छन् । पलेँटीमा सन् २००७ मा पहिलो खेप गीत सुनाएकी संगीताले अप्रिल २५ र २६ मा गीत गाउने भएकी हुन् ।

 संगीताले शास्त्रीय गायनमार्फत पलेँटीलाइ शास्त्रीय संगीत प्रस्तुत गर्नेछिन् । उनी पलेँटीको कलाकार टोलीका साथ खयालठुमरी र केही आधुनिक गीतको अभ्यासमा जुटिरहेकी छन् । कार्यक्रममा खयाल र ठुमरीलाई पनि नेपाली भाषामै प्रस्तुत गर्ने उनको तयारी छ ।

 १८ वर्षपछि पलेँटीमा एकल गायनको तयारीमा रहेकी संगीता निक्कै उत्साहित देखिन्छिन् । उनी भन्छिन्, पलेँटीमा एकल गायन लिएर लामो समयपछि उत्रँदै छुम उत्साहित छु । पलेँटीका श्रोतादर्शकसँग बेलाबखत परिचित हुने मौका पाएकाले यस मञ्चले मलाई सधैँ आनन्दित बनाउँछ । खास गरी शान्ति ठटाल दिदीसँग यही मञ्चमा गरेको सहकार्य सम्झँदा म ‘नोस्टाल्जिक‘ बन्ने गर्छु ।

 २० वर्षदेखि पलेँटीको संयोजन गर्दै आएका संगीतकार आभासले संगीताले गाउने केही ठुमरीमा सहकार्य गरेका छन् । आभास भन्छन्, ‘यो पलेँटीमा शास्त्रीय संगीत अथवा क्लासिकल र सेमी- क्लासिकलको मिश्रण हुनेछ । खयाल र ठुमरीको भाषा भने नेपाली नै हुनेछ । मैले संगीता प्रधानको अनुरोधमा केही ठुमरीलाई नेपालीकरण गरेको छु ।

 संगीता प्रधान नेपाली संगीतमा लामो समयदेखि क्रियाशील कण्ठ-शिल्पी हुन् । विश्वभारती विश्वविद्यालय शान्तिनिकेतनबाट शास्त्रीय संगीतको औपचारिक अध्ययन गरेकी उनले आधुनिक र फिल्मी गायनमा पनि छुट्टै पहिचान बनाएकी छिन् ।

 पलेँटीमा संगीताले अग्रज गीतकार कालीप्रसाद रिजालरत्नशमशेर थापामञ्जुलनिर्मोही व्यास, आरती नेवामन्जित तामाङआभासका शब्दहरूलाई गुन्जाउनेछिन् । ती शब्दहरूमा धुन अग्रज संगीतकार नातिकाजीशन्ति ठटालमानवीर सिंहः गुरुदेव कामतअमृत गुरुङ र आभासले भरेका छन् ।

 पलेँटी अंग्रेजी महिनाको अन्तिम सप्ताहान्तमा आयोजना हुन्छ ।