१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकैदिन ६ हजार ९०० रुपैयाँले बढ्दै सुनको मूल्य २ लाख नजिक



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा मंगलबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ ।

आज एकैदिन तोलामा ६ हजार ९०० रुपैयाँ बढेर सुनले नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यससँगै, मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छ । जुन हालसम्म कै उच्च हो । सोमबार उक्त सुन तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ९७० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।