११ आश्विन २०८१, शुक्रबार
,
Latest
विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचो : मन्त्री राणा प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न प्रधानमन्त्रीको आग्रह देशभर विभिन्न कार्यक्रम, पर्यटकलाई सम्मान गरिँदै मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका अध्यक्ष याङबीच भेटवार्ता नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ? विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी हेडक्वार्टरमा थप २३ जनामा कोरोना संक्रमण देखियो



अ+ अ-

काठमाडौँ । प्रहरी प्रधान कार्यालयमा कार्यरत थप २३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । 

प्रहरी महानिरिक्षकको सचिवालयका एसएसपी कुवेर कडायतका अनुसार उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा परिक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।  
प्रहरी प्रधान कार्यालयको सवारी (एमटी) शाखामा कार्यरत प्रहरी हवल्दार काठमाडौँ बाहिर गएर फर्केपछि पहिलो पटक उनलाई कोरोना संक्रमण भएको थियो ।

मंगलबार संक्रमण पुष्टि भएका अधिकांश एमटी शाखामा कार्यरत प्रहरी छन् । प्रहरी प्रधान कार्यालयका संक्रमितका संख्या २७ पुगेको छ । यसअघि चार जनालाई संक्रमण देखिसकेको थियो ।