१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलाई झड्काः थापा रायमाझी र भट्टले छोडे साथ



अ+ अ-

काठमाडौं । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पूर्व माओवादी समुहका नेताहरुले नै साथ छोडेका छन् । मंगलबार ओलीइतरका नेताहरुको सहभागीतामा बसेको नेकपाको स्थायी कमिटी बैठकमा सचिवालय सदस्य राम बहादुर थापा, स्थायी समिति सदस्य टोपबहादुर रायमाझी र लेखरा भट्ट सहभागी भएनन् । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा २ जना आमन्त्रितसहित ३१ जना स्थायी कमिटी सदस्य सहभागी थिए ।

नेकपा स्थायी कमिटीमा अहिले ४४ जना सदस्य छन् । तर बैठकमा प्रचण्ड निकट मानिने केहि नेताहरु भने सहभागी भएनन् । बैठकमा रामबहादुर थापा, टोप बहादुर रायमाझी , लेखराज भट्ट र मणी थापा सहभागी भएनन् । अध्यक्ष ओली पक्ष नेताहरुले उक्त बैठकलाई प्रचण्ड, मााधव नेपाल र झलनाथ खनाल गुटको भेला भनेपनि प्रवक्ता श्रेष्ठले भने यसअघि तोकिएको बैठककै निरन्तरता भएको बताएका छन् ।

बैठकको पहिलो लहरमा प्रचण्ड, खनाल, नेपाल र वामदेव गौतम बसेका थिए । प्रचण्ड र खनालको कुर्सीकोबीचमा रहेको ओलीको कुर्सी भने खाली थियो ।, समचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।