६ श्रावण २०८३, बुधबार
,
Latest
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनका बेला विभिन्न देशमा ४ सय ५६ नेपालीले ज्यान गुमाए



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । लकडाउनका बेला विभिन्न देशमा ४ सय ५६ नेपालीले ज्यान गुमाएका छन्। यसमा कोरोनाबाट कति जनाको मृत्यु भयो भनेर खुलाइएको छैन। कोरोनासँगै आत्महत्यालगायत कारणबाट विदेशमा नेपालीको ज्यान गएको परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर विभागका अधिकारीको भनाइ छ।

मृत्यु हुनेमा सामान्य कामदारका रूपमा विदेश गएकाहरू धेरै रहेको विभागका निर्देशक जंगबहादुर गुरुङले बताए। निर्देशक गुरुङका अनुसार कोरोना महामारीसँगै विदेशमा आत्महत्या गर्ने नेपालीको संख्या धेरै छ। ‘यो अवधिमा कोरोना भाइरसबाट मात्र नेपालीले ज्यान गुमाएका छैनन्, यहाँ आत्महत्याको पक्ष पनि छ’, उनले भने, ‘जागिर गएको र लकडाउनका कारण उकुसमुकुस भइरहेको अवस्थामा आत्महत्या गर्नेको संख्या बढेको होला।’

सामान्य समयभन्दा लकडाउन अवधिमा विदेशमा ज्यान गुमाउने नेपालीको संख्या बढेको उनको भनाइ छ। ‘अरू बेला यति छोटो समयमा यति धेरै थिएन जस्तो लाग्छ’, उनले भने, ‘यो बेला मृत्यु हुने संख्या बढेको हो कि जस्तो देखिएको छ।’

विभागको तथ्यांकअनुसार पछिल्लो तीन महिनामा सबैभन्दा बढी साउदी अरबमा १ सय ५८ नेपालीले ज्यान गुमाएका हुन्। यही अवधिमा यूएईमा ८०, कतारमा ७५, मलेसियामा ६६, कुवेतमा २२, जेद्दाहमा १३, बहराइनमा १०, दक्षिण कोरियामा ८ र अन्य मुलुकमा १४ जनाले ज्यान गुमाएको देखिन्छ।

यही अवधिमा ९८ नेपालीको शव नेपाल ल्याइएकोे छ। साउदीबाट ५३, कतारबाट २३, कुवेतबाट १०, बहराइनबाट ७, जेद्दाहबाट २, यूएई, मलेसिया र अन्य राष्ट्रबाट १÷१ जनाको शव नेपाल ल्याइएको विभागको तथ्यांकले देखाउँछ।

१ सय ६४ जनाको शव विदेशमै दाहसंस्कार गर्न उनीहरूका परिवारले मञ्जुरी दिएका छन्। विभागका अनुसार यूएईमा ५८, साउदीमा ३७, कतारमा २५, कुवेतमा १०, मलेसियामा ८, दक्षिण केरियामा ५, बहराइनमा ३, जेद्दाहमा ३ र अन्य मुलुकमा १५ जना नेपालीको शव दाहसंस्कार गर्ने मञ्जुरीनामा भएको विभागको तथ्यांकमा उल्लेख छ।

८५ जनाको शव स्वदेश ल्याउन निवेदन परेको विभागले जनाएको छ। जसमध्ये साउदीबाट ३९, यूएईबाट १३, मलेसियाबाट १२, कतारबाट १०, दक्षिण कोरियाबाट ३, कुवेतबाट २, जेद्दाहबाट १ र अन्य मुलुकबाट पाँच नेपालीको शव स्वदेश फिर्ता ल्याउन निवेदन परेको विभागले जनाएको छ।

१ सय ९ जनाको शव भने स्वदेश ल्याउने तयारी छ। मलेसियाबाट ४५, साउदीबाट २९, कतारबाट १७, यूएईबाट ८, जेद्दाहबाट ७ र अन्य मुलुकबाट ३ शव ल्याउन लागिएको विभागले जनाएको छ।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।