२७ जेष्ठ २०८३, बुधबार
,
Latest
बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई परराष्ट्रमन्त्रीको स्पष्टीकरणप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसद्वारा बजेटमाथिको छलफलमा सहभागी हुने निर्णय नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन सुदूपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल, तुरुन्त नलगे डिपोबाटै बिक्री गरिने चेतावनी प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टिकरण परराष्ट्रमन्त्रीले दिने अवस्था आउनु नै दुर्भाग्यपूर्ण छः ज्ञानबहादुर शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको अन्तरिक्ष मिसनमा अर्को सफलता: ‘शेइयान२७’ उपग्रह प्रक्षेपण



अ+ अ-

एजेन्सी । चीनले आज बिहान उत्तर चीनको शानसी प्रान्तको ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट छवटा नयाँ परीक्षण उपग्रहहरू सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ ।

‘शेइयान–२७’ नाम दिइएका ती उपग्रहहरू बिहान ठीक ६ बजेर ५१ मिनेटमा प्रक्षेपण गरिएका हुन् । ती उपग्रहहरू आफ्ना निर्धारित कक्षमा पुग्न सफल भएका छन् ।

शेइयान–२७ सिरिजका उपग्रहहरू मुख्य रूपमा अन्तरिक्ष वातावरणको अध्ययन तथा प्रविधि परीक्षणका लागि प्रयोग गरिनेछन् । यी उपग्रहहरूद्वारा पृथ्वीको आसपासको अन्तरिक्ष क्षेत्रमा हुने भौतिक तथा वातावरणीय परिवर्तनहरूको निगरानी, डाटा सङ्कलन र विश्लेषण गरिनेछ, जसले भविष्यमा गरिने अन्तरिक्ष मिसनहरूको तयारी र नयाँ प्रविधिहरूको परीक्षणमा महत्वपूर्ण सहयोग पु¥याउनेछ । साथै, यस्ता परीक्षण उपग्रहहरूले चीनको स्वदेशी प्रविधि विकास र अन्तरिक्ष अनुसन्धान क्षमतामा थप प्रगति ल्याउने अपेक्षा गरिएको छ ।

चिनियाँ अधिकारीहरूका अनुसार, यी उपग्रहहरू मुख्यतया अन्तरिक्ष वातावरणको अध्ययन तथा सम्बन्धित प्रविधिहरूको परीक्षणका लागि प्रयोग गरिनेछन् । यसको उद्देश्य भावी अन्तरिक्ष योजनाहरूका लागि आवश्यक ज्ञान र प्रविधि विकास गर्नु हो ।

प्रक्षेपणमा प्रयोग भएको लङ्ग मार्च–६ नामक रकेट चीनको प्रख्यात रकेट श्रृंखला ‘लङ्ग मार्च’ अन्तर्गत पर्छ । आजको प्रक्षेपण यो श्रृंखलाको पाँच सय सत्तरीऔँ उडान रहेको छ ।

यस सफलताले चीनको अन्तरिक्ष विज्ञान तथा प्रविधि क्षेत्रमा प्रगति र क्षमताको पुष्टि गर्दछ ।




भर्खरै