३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक

गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक
अ+ अ-

गलकोट । बागलुङको चर्चित धार्मिक पर्यटकीय क्षेत्र पञ्चकोटसँग जोडिएको रायराँयकोटमा गुराँस फुल्न थालेपछि आन्तरिक पर्यटकको आगमन बढेको छ । बागलुङ नगरपालिका–७ बौलुङमाथिको डाँडामा रहेको धार्मिकस्थल रायराँयकोट क्षेत्रमा यतिबेला गुराँसले राताम्ये भएको छ ।

प्राकृतिक दृश्वाअवलोकनका लागि उपयुक्त गन्तव्य बनेको रायराँयकोटमा गुराँस फुलेपछि पर्यटकको आगमन बढेको स्थानीय बताउँछन् । रायराँयकोटमा वैशाख र जेठमा स्थानीय समुदायले वर्षादेवका रूपमासमेत पूजाआजा गर्दै आएका छन् ।

उक्त स्थानमा पुग्नेको सङ्ख्या अहिले दिनप्रतिदिन बढ्दै गएको स्थानीय तेजप्रसाद न्यूरेले बताउनुभयो । “पूर्वाधार निर्माण र प्रचारप्रसारका कारण रायराँयकोट पछिल्लो समय चर्चामा छ । गुराँस फुलेसँगै रायराँयकोट मनमोहक देखिएको छ । धार्मिक तथा प्राकृतिक हिसाबले अत्यन्तै महत्त्वपूर्ण मानिएकाले पछिल्लो समय यहाँ पुग्ने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको हो”, उहाँले भन्नुभयो ।

न्यूरेका अनुसार धार्मिक पर्यटकीय क्षेत्रका रूपमा चर्चित पञ्चकोटमध्येको एक रायराँयकोटमा पछिल्लो दैनिक तीन सय बढी आन्तरिक तथा बाह्य पर्यटक यहाँ पुग्ने गरेका छन् । “पहिले पूजाआजा गर्न मात्र आन्तरिक पर्यटक यहाँ आउने गरेकामा पछिल्लो समय अवलोकनसँगै बास बस्ने गरी पनि पर्यटक आउन थालेका छन्”, उहाँले भन्नुभयो, “पदमार्ग, खानेपानी, शौचालय, सत्तललगायत धार्मिक पूर्वाधार निर्माण भएपछि अहिले गुराँससँग फोटो खिच्ने, टिकटक बनाउने र हिमश्ङ्खला हेर्न दैनिक तीन बढी पर्यटक यहाँ पुग्ने गरेका छन् ।”

सडक मार्ग हुँदै बागलुङ बजारबाट दुई घण्टामा पुग्न सकिने उच्च पहाडमा रहेको रायराँयकोटले आन्तरिक पर्यटक तान्दै आएको छ । सवारीसाधनका माध्यमबाट यहाँ पुग्नुभएकी रेणु केसीले बागलुङ बजारको कोलाहल छल्ने नजिकको स्थानका रूपमा रायराँयकोट बनेको बताउनुभयो ।

उहाँका अनुसार उच्च पहाड संसारकोटसम्म फैलिएको पाँचकोटले धार्मिक मार्गको रूपमासमेत विकास गरेको थियो । यहाँ गैरागाउँ, तितौरे, बाटुले, तग्राम, मूल्पानी, तित्याङ र मालिकालगायत विभिन्न स्थानबाट वर्षादेवका रूपमा पूजाआजा गर्ने प्रचलन रहेको उहाँले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालयका अनुसार रायराँयकोटमा अहिलेसम्म रु २० लाखको पूर्वाधार निर्माण भइसकेको छ । मन्दिरको छाना छाउने, पुरानो घण्टी संरक्षण, सत्तल निर्माण, पर्खाल निर्माण र मैदान बनाइएको छ । रायराँयकोटमा पुग्नेस्तरीय सडक बनाउन आवश्यक छ ।

पञ्चकोटबाट संसारकोट पुग्ने पदमार्ग निर्माणका लागि रु ५० लाख बजेट सङ्घीय सरकारको पर्यटन मन्त्रालयबाट विनियोजन गरिएको छ । साथै करिकोटबाट माझकोटसम्म पदमार्ग निर्माण भइरहेको छ । रायराँयकोटमा लिफ्टमार्फत स्थानीयलाई खानेपानी पुर्‍याइएको छ । ठूलो ढुङ्गाको छेडमा परापूर्वकालदेखि पूजा गरिने यस स्थानमा विसं १९२६ मा चन्द्रप्रसाद गौचनले चढाउनुभएको घण्टी संरक्षित रहेको स्थानीय बताउँछन् ।

पाँचकोटअन्तर्गत तारजालकोट, कारिकोट, माझकोट, रायराँयकोट र संसारकोटलाई पञ्चकोटका रूपमा प्रचार गरी अहिले पञ्चकोट धार्मिक गन्तव्य बनाइएको नगर कार्यालयले जनाएको छ । रासस