२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्य व्यवस्था समितिमा अख्तियारसम्बन्धी विधेयकको खोजि



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संसोधन विधेयकको खोजि गरेको छ ।

शुक्रवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामति विधेयकको उपसमितिको प्रतिवेदनमाथिको छलफलमा पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले अख्तियार विधेयकको खोजि गर्नुभएको हो ।

उहाँले उपसमितिले पास गरेको विधेयक अख्तियार दुरुपयोग अनुसन्धान आयोग एन संशोधन विधेयक दराजमा थन्केर बसेको बताउनु भयो । उहाँले अख्तियार दुरुपयोग अुनसन्धान आयोग ऐन संशोधन विधेयकमा धमिरा लाग्यो कि भन्ने चिन्ता रहेको बताउनु भयो । उहाँले उक्त विधेयकलाई छिटो पास गरेर संसदमा लैजानुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले छिटो काम गर्नेबारेमा पनि सोच्नुप¥यो । पहिलेको उपसमितिले पास गरेको विधेयक (अख्तियार दुरुपयोग अनुसन्धान आयोग एन संसोधन विधेयक) दराजमा थन्केको छ । अब त धमिरा लाग्छ कि भनेर डर लागिरहेको छ । अब त्यो धमिरा शब्द पनि प्रयोग गर्नुपर्ने भयो । त्यो ल्याउनु प¥यो पास गर्नुपर्यो ।’

अख्तियार विधेयक २७ चैत २०७९ मा राष्ट्रिय सभाबाट पास भएर प्रतिनिधि सभामा आएको थियो । त्यसपछि प्रतिनिधिसभाले सैद्धान्तिक छलफल गरेर ३१ भदौ २०८० उक्त विधेयक राज्य व्यवस्था समितिमा पठाइएको थियो ।