२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणी नदीमा बेपत्ता दुई बालकको शव फेला



अ+ अ-

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–१५ स्थित नारायणी नदी किनारबाट बेपत्ता भएका दुई बालकको शव फेला परेको छ ।

साथीहरूसँग मङ्गलबार नारायणी नदीमा पौडी खेल्न गएका दुई बालक डुबेर बेपत्ता भएका थिए । बेपत्तामध्ये एक जनाको बुधबार शव भेटिएको थियो भने अर्का एक जनाको आज भेटिएको हो ।

मध्यविन्दु नगरपालिका–१२ बस्ने १५ वर्षीय विजय पौडेलको शव आज नारायणी नदीमा भेटिएको प्रहरी नायब उपरीक्षक मधु नेपालीले बताउनुभयो । मध्यविन्दु नगरपालिका–१२ बस्ने १३ वर्षीय प्रज्वल पौडेलको शव बुधबार दिउँसो नदीमा भेटिएको थियो ।

पाँच जना बालक नारायणी नदी किनारमा ‘ड्राइ पिकनिक’ जाने भनी गएकामा दुई जना पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । मृतक बालकहरु दाजु भाइका छोराहरू भएको प्रहरीले जनाएको छ । दुवै बालकको शव पोस्टमार्टमका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको प्रहरी नायव उपरीक्षक नेपालीले जानकारी दिनुभयो । रासस