१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनमा खुलामञ्च भरिभराउ, शीर्ष नेताको उपस्थिति News Polar तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन प्रचण्ड खुलामञ्च पुगे News Polar कांग्रेस सभापति थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव News Polar ‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’ News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन एमाले महासचिव पोखरेल पुगे News Polar भन्सारका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम बन्द गर्नुपर्छ : प्रभु साह News Polar एमाले संसदीय दलको बैठक च्यासलमा सुरु News Polar काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’

‘सुरक्षित हुन बनाएको घर नै काल बन्यो ’

‘सुरक्षित हुन बनाएको घर नै काल बन्यो ’
फाईल फोटो
अ अ+ अ-

कालीकोट । पुरानो घर भत्काएर एक वर्षअघि गंगे बुढाले पत्थरले छाएको नयाँ घर बनाएका थिए । नरहरिनाथ–७ माल्कोट बागाका ६२ वर्षीय बुढाले यही घर काल बनेर ७ जना परिवारको जीवन चुँडेर लैजाला भन्ने सोचेकै थिएनन् । 

मंगलबार राति मुसलधारे वर्षा भयो । बुधबार बिहान घरमाथिबाट पहिरो खस्दा घरमूली बुढासहित उनका ६१ वर्षीया श्रीमती नैना, २४ वर्षीया बुहारी सीता, १९ वर्षीया छोरी विमला, १० वर्षीया नातिनी चन्द्रिका, नातिहरू ७ वर्षीय रामबहादुर र डेढ वर्षीय चरित्रको मृत्यु भयो ।

खाना खाएर छिमेकीकहाँ घरमा बस्न गएकाले उनका छोरा पदम भने संयोगले जोगिएका छन् । घरको छेउतिरको कोठामा सुतेका बुढाका अर्का छोरा जयरूप, उनका पत्नी सरिता र छोरा विमल पहिरोबाट बाँच्न सफल भए । उनीहरू सुतेको कोठा आधा भत्केको थियो । पदम स्थानीय विद्यालयमा निजी स्रोतका शिक्षक छन् भने उनकी पत्नी सीता ९मृतक० सुर्खेतमा शिक्षिका थिइन् । ‘घर नै काल होला भनेर सोचेकै थिएनौं,’ माथिपट्टि भत्किएको थाहा पाएर झ्यालबाट बारीमा हामफालेर बच्न सफल भएका जयरूपले भने, ‘सुरक्षित हुन बनाएको घर नै काल बन्यो ।’ उनीसहित चार जना बाँच्न सफल भएका छन् ।

बेलुकी खाना खाएर तीन कोठामा सुतेका उनको परिवारका ११ जनामध्ये ६ जना पहिरोमा च्यापिए भने १९ वर्षीया विमला घाइते भएकी थिइन् । उपचारार्थ कुमालगाउँ प्राथमिक उपचार केन्द्र लैजाने क्रममा उनको बाटोमा निधन भयो । बागा गाउँमा कुमालगाउँबाट बसाइँ आएका बुढा जातिका २२ घरधुरी छन् ।

गाउँको वरिपरि पाखो भिरालो ठाउँ बढी भएकाले भैंसी पाल्न घाँस काट्न सजिलोका लागि आठ पुस्ताअघि कुमालगाउँका बुढा परिवार यता बसाइँ सरेका थिए । बुधबार सुर्खेतमा रहेका गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टका अनुसार नरहरिनाथ–६ माल्कोट र वडा ७ मा पर्ने रातीमाटा, रुप्साको अदेला र कुमालगाउँको गोठी पहिरोले बढी जोखिमयुक्त ठाउँ हुन् ।

मंगलबार राति नै नरहरिनाथ–४ माझगोठीमा ७० वर्षीया बाले बुढा र उनकी ६५ वर्षीया पत्नी मनाको पनि पहिरोले घर भत्किँदा मृत्यु भएको छ । दुई छोराहरू अलग्गै घरमा बस्ने गरेकाले वृद्धवृद्धा मात्रै घरमा थिए । राति २ बजे पहिरो आएको पत्तै नपाएर वृद्ध दम्पतीले ज्यान गुमाएको स्थानीय विश्वकुना माविका प्रधानाध्यापक मानबहादुर बुढाले बताए ।

अविरल वर्षासँगै घर पहिरोले बग्न थालेपछि नरहरिनाथ–४ माझगोठीका २५ घरधुरीका १ सय ३५ जनाले आफ्नो थातथलो छाडेका छन् । विस्थापितलाई गाउँपालिकाले स्थानीय नीलकण्ठ आधारभूत विद्यालयमा सरण दिएको छ । नरहरिनाथका सितला, पांग्रा, रातीमाटा, अदेल, भाटगाउ, बागा, काफ्ला, बडेमेलामा गरी ४ सय घर पनि पहिरोको उच्च जोखिममा रहेको गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले बताइन् । उनले विपद्को समयमा सबैलाई जुट्न भनेकी छन् ।

माल्कोट बाकाको पहिरोमा घर पुरिएको ठाउँमा प्रहरीको टोली बिहान ७ बजे पुगेको थियो । पहिरोमा पुरिएकाको खोजी सुरु गर्दा १९ वर्षीया विमला बुढाको ‘बचाओ’ भन्दै कराएको आवाज आयो । प्रहरी र आफन्तले उनलाई घरसँगै च्यापिएको अवस्थामा उद्धार गरे । तत्काल उपचारका लागि नरहरिनाथ–३ को कुमालगाउँ प्राथमिक उपचार केन्द्र कुदाइयो । लैजाँदै गर्दा बाटोमा ‘बचाओ’ भन्दाभन्दै उनले प्राण त्यागिन् ।

घर भत्किँदा घाइते नरहरिनाथ–३ मन्का भण्डारा अझै गाउँपालिकाको केन्द्र कुमालगाउँमै छटपटाइरहेकी स्थानीय अनिता बुढाले बताइन् । बुधबार दिउँसो पनि पानी नरोकिएकाले उद्धार कार्य प्रभावित भएको गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले बताइन् । पहिरोको उच्च जोखिममा रहेका १५ घरधुरीलाई रुप्साको जनता मावि, गोठीको विश्वकुना मावि र रातीमाटाको शान्ति मावि लगायतमा सार्न पहल भइरहेको उनले जानकारी दिइन् ।

भेटिएनन् बेपत्ता

रास्कोट–१ सिप्खाना लहरेलाको पहिरोमा सोमबार राति बेपत्ता भएका जयबहादुर शाहीसहित ५ जना अझै फेला परेका छैनन् । मंगलबार र बुधबार आफन्त र प्रहरीले पहिरोको छेउछाउमा खोजे पनि नभेटिएको डीएसपी श्यामबाबु ओलियाले बताए । त्यस्तै, आइतबार पहिरोमा बेपत्ता भएका नरहरिनाथ–८ लालुका पारस भण्डारा र कर्णाली राजमार्गको टाकुल्ला खोलामा बगेकी खाडाचक्र–५ राताडाबकी अबिसरा शाही पनि बेपत्ता छिन् । दुई दिनयता कालीकोटमा पहिरोमा परी १८ जनाले ज्यान गुमाएका छन् ।

बेपत्ताको खोजी गर्न बुधबार सदरमुकाम मान्मबाट नेपाली सेना, सशस्त्र र प्रहरीको थप टोली रास्कोट पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईंले बताए ।

अविरल वर्षाले कर्णाली राजमार्गको सुर्खेत–जुम्ला खण्ड र कर्णाली करिडोरको जिते–लैफु खण्डमा दर्जनभन्दा बढी ठाउँमा पहिरो गएको छ । कर्णाली राजमार्गको कालीकोट खण्डमा मात्र ९ ठाउँमा पहिरो गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दही खोला, पोरिपाल्नी, ताडी, पिली, टाकुल्ला, खल्ला, राचुलीको धनाडामा पहिरो गएको छ ।

त्यस्तै, कर्णाली राजमार्गको जितेबाट बाजुरा हँदै हुल्म जोड्ने कर्णाली करिडोरको रेंगिल, आम्तडा, सान्तिगाड, फुगाड र भुराबगर लगायतका ठाउँमा पहिरोले सडक अवरुद्ध छ । करिडोरमा पर्ने फुगाड खोलामा हालिएको फलामे बेलिब्रिज बाढीले क्षतिग्रस्त बनाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी यक्षराज जोशीले बताए ।

हेलिकप्टरको अनुमति पाउन ८ घण्टा

पहिरोमा पुरिएर घाइते भएकालाई बचाउन सकिन्छ कि भनेर सुर्खेतमा रहेका गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बिहान ८ बजेदेखि नै हेलिकप्टर माग गरेका थिए । उनले जिल्ला प्रशासन कार्यालयदेखि प्रदेश सरकार र गृह मन्त्रालयसम्म पहल गरे तर ४ बजे मात्र गृह मन्त्रालयबाट उडान अनुमति आयो । ‘अनुमति आएपछि उडाउने तयारी त भएकै हो, ठूलो पानी परेकाले सुर्खेतमै रोकिनुपर्‍यो,’ उनले भने, ‘समयमै उडाउन पाएको भए कम्तीमा एक जनालाई बचाउन सकिन्थ्यो कि भन्ने लाग्छ ।’ उनका अनुसार १९ वर्षीया विमला बुढालाई उद्धारपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याउने क्रममा दिउँसो करिब २ बजेतिर बाटोमै मृत्यु भयो ।

गाउँपालिका अध्यक्ष विष्टले गम्भीर घाइते भएकी विमला र अन्यको उद्धार गर्न हेलिकप्टर माग गरिएको बताए । हेलिकप्टर सञ्चालकहरू पनि ‘रेस्क्यु’ जस्तो द्रूत गतिमा गर्नुपर्ने उडानमा सरकारी प्रक्रिया निकै ढिलो र झन्झटिलो हुने गरेको बताउँछन् । सिम्रिक एयरका पश्चिम क्षेत्र इन्चार्ज कमल गौतम प्राकृतिक प्रकोप, दुर्घटना र गर्भवती तथा सुत्केरीको उद्धार गर्ने क्रममा उडान अनुमति लिनै ५–६ घण्टा लाग्ने गरेको बताउँछन् । ‘कतिपय बिरामीको त त्यतिबेलासम्म मृत्यु भइसकेको हुन्छ,’ उनले भने, ‘मैलै यस्तो विडम्बना धेरैपटक देखेको छु ।’ रेस्क्यु उडानका लागि सम्बन्धित हेलिकप्टर सेवालाई स्थानीय प्रशासनसँग समन्वय गरी जिम्मा दिँदा प्रभावकारी हुने उनले बताए ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।