१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

नेपाललाई आयातित विकृतिहरुको डम्पिङ साइट बनाउन खोजिँदैछ, त्यो स्वीकार्य छैनः प्रधानमन्त्री ओली

नेपाललाई आयातित विकृतिहरुको डम्पिङ साइट बनाउन खोजिँदैछ, त्यो स्वीकार्य छैनः प्रधानमन्त्री ओली
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई आयातित विकृतिहरुको डम्पिङ साइट बनाउने प्रयत्न भइरहेको भन्दै स्वीकार्य नहुने बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेपाली समाजमा थुप्रै विकृतिहरु फैल्याउने, आयातित विकृतिहरुको डंगुर डम्पिङ साइट बनाउन खोजिएको बताउनु भयो । त्यो नेपालीलाई मञ्जुर नरहेको र नहुने बताउनु भयो । नेपाललाई सांस्कृतिक र सामाजिक हिसावले पनि विकृतिहरुको डम्पिङ साइट बन्न नदिने बताउनु भयो । उहाँले नेपाल स्वतन्त्र मुलुक भएको उल्लेख गर्दै यसमा गर्व गर्नुपर्ने बताउनु भयो । नेपालको स्वाधिनता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सम्मान गर्नुपर्ने बताउनु भयो । यसलाई कायम राखेर सग्लो नेपाल सन्ततिलाई अझ विकसित बनाएर हस्तान्तरण गर्ने प्रतिवद्धता जनाउनु भयो । आफूहरुले देशको सीमा र सम्मान खुम्चिन नदिने बताउँदै आन्तरिक रुपमा पूर्वाधार लगायतको विकास गर्न जरुरी रहेको बताउनु भयो । सरकार आर्थिक, पूर्वाधार विकासमा लागिरहेको पनि बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘विश्वमा अहिले भएका १९३/१९४ देशहरुमध्ये १९ वटा देश उपनिवेश कायम गर्नेहरु समेत १९ वटा देश मात्रै स्वतन्त्र रहेका बेला एउटा नेपाल सानो भएपनि स्वतन्त्र रहेको थियो । त्यो हामीले गर्व गर्नुपर्छ । यो स्वाधिनता, यस स्वतन्त्रता, यस भौगोलिक अखण्डतालाई हामी अत्यन्त सम्मान गर्दछौँ, माया गर्दछौँ । यसलाई कायम राखेर छोड्दछौँ । सग्लो नेपाल हाम्रा सन्ततिलाई अझ विकसित बनाएर हस्तान्तरण गर्दछौँ । त्यो हाम्रो आजको पुस्ताको काम हो । न हामी देशको सीमा खुम्चिन दिन्छौँ, न सम्मान खुम्चिन । हामी केही पनि खुम्चिन दिँदैनौँ । तर त्यतिले मात्रै हामीलाई पुग्दैन । आन्तरिक रुपमा हामीले विकास गर्नुपर्दछ । पूर्वाधार, अरु विकास गर्नुपर्छ । त्यस काममा हामी लागेका छौँ । आर्थिक विकास, समाजमा थुप्रै विकृतिहरु फैल्याउने, आयातित विकृतिहरुको डंगुर यहाँ ल्याएर आयातित विभिन्न विकृतिहरुको डम्पिङ साइट बनाउन खोजिएको छ नेपाललाई । त्यो हामीलाई मञ्जुर छैन हुनु हुँदैन । हुनेछैन । हामी नेपाललाई विकृतिहरुको डम्पिङ साइट सांस्कृतिक हिसावले पनि बन्न दिँदैनौँ, सामाजिक हिसावले पनि बन्न दिँदैनौँ । हाम्रो समाज एउटा सभ्य, सुसंस्कृत समाज हो । यो सभ्यता र संस्कृतिलाई कायम राखेर अगाडि बढाउँछौँ ।’

प्रधानमन्त्री ओलीले नेपाली समाज सभ्य, सुसंस्कृत समाज भएकाले यसलाई कायम राखेर अघि बढाउने प्रतिवद्धता जनाउनु भयो ।